• १२ वैशाख २०८१, बुधबार

याङवरक गाउँपालिका च्याम्पियन

blog

उपाधिसहित याङवरकका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, चैत १६ गते । याङवरक गाउँपालिका ‘चौथो कुम्मायक गोल्ड कप’ फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पृथ्वी मा.वि.यासोकको खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा याङवरकले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलले हरायो ।

याङवरकले प्रतियोगिताको उपाधी चुमेको हो । याङवरकको जितमा सुुमन योङ्याले दुई तथा पुुस्कर काम्बाङले एक गोल गर्नुभयो । फाल्गुुनन्दका बिनोद नेम्वाङले सान्त्वना गोल फर्काउनुभयो । सुुमन म्यान अफ दि म्याच हुनुभयो । 

उपाधिसँगै याङवरकले एक लाख ११ हजार १११ रुपियाँ पुरस्कार पायो । उपविजेता फाल्गुनन्दले ५५ हजार ५५५ रुपियाँ पुरस्कार पायो ।प्रतियोगिताका विजेता र उपविजेतालाई कुुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले पुुरस्कार प्रदान गनुभयो । 

फाइनल खेलमा दुुई गोल गरेका याङवरकका योङ्या प्रतियोगिताका उत्कृष्ट फरवार्ड घोषित गर्दै पुरस्कृत गरियो । प्रतियोगितामा आठ वटा स्थानीय तहको सहभागिता रहेको थियो ।