• १२ वैशाख २०८१, बुधबार

क्यामरुन भोजपुर गोल्डकपको फाइनलमा

blog

सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै क्यामरुन र रुपन्देहीका खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, चैत १५ गते । एभिनर क्यामरुन भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको खेलमा क्यामरुनले गोर्खा व्याइज रुपन्देहीलाई ३–० गोलले हरायो । क्यामरुनका लागि मेस्सीले ३४औं, टिम्बा टिम्बाले ३९औं र बोयोमोले ६८औं मिनेटमा गोल गर्नुभयो । क्यामरुनका टिम्बा टिम्बा म्यान अफ दि म्याच हुनुभयो ।

फाइनलमा क्यामरुनले बिहीबार आयोजक जिल्ला फुटबल संघ भोजपुरसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपियाँ पाउनेछन् ।