मन्त्रीको जिल्लामा करिब दुई सय योजना
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको गृह जिल्ला बाँकेमा १७६ वटा योजना छनोट भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विभिन्न मन्त्रालयका योजनाहरू जिल्लामा परेका छन् ।
प्रदेश १ मा बढ्दै वित्तीय संस्थामा पहुँच
एक वर्षको अवधिमा प्रदेश १ मा बैङ्क खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको नौ महिना (चैत)सम्ममा बैङ्क तथा वित्तीय संस्थामा खोलिएका खाताको सङ्ख्या १२ लाख ७६ हजार ५२६ पुगेको हो ।
अस्तव्यस्त सडक
मन्थली–चिसापानी–पुरानागाउँ सडक अस्तव्यस्त अवस्थामा पुगेको छ । सडक अस्तव्यस्त भएसँगै सवारी चालक तथा यात्रुलाई आवागमनमा समस्या भएको छ । ७.३६ किलोमिटर लम्बाइको मन्थली–चिसापानी–पुरानागाउँ सडक नाला तथा ग्याभिनसहित कालोपत्रे गर्ने गरी कान्छाराम कन्स्ट्रक्सन मैजु बहाल काठमाडौँले गत पुस २५ गते कार्य सम्पन्न गर्ने गरी २०७७ असार २६ गते ठेक्कामा लिएको थियो ।
दूध दिउन्जेल स्याहार, नदिए अत्याचार
बैतडीको पाटनमा यही असार दोस्रो हप्ता भिरालो जङ्गलमा रुखको जरामा बाँधेर राखिएको गाईको स्थानीय युवाले उद्धार गरे । जिल्ला समन्वय समितिका सदस्य करन कडायतले भीरमा गाई बाँधेको देखेपछि उद्धारको पहल भएको थियो ।उद्धारकर्ता लवदेव जोशीले उक्त दृश्यको वर्णन गर्दै भन्नुभयो, “बूढो गाई हत्केलाजस्तो भीरमा उभिएको थियो । गाईको आँखामा आँसु र कचेरा भरिएका थिए । खुट्टा कापिरहेका थिए । त्यो गाईको उद्धार गर्दा हाम्रा पनि आँखा रसाए ।”
वित्तीय साक्षरतापछि कमाउँदै महिला
वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो ।
मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर
जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ ९क० कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
‘ढाकाको राजधानी पाल्पा मात्रै’
पाल्पा जिल्लालाई ढाका पोसाक उत्पादनको एकल राजधानी घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । पाल्पा भन्नासाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण यहाँको महìव र पहिचानका लागि ढाकाको राजधानी बनाउनुुपर्ने तानसेन नगरपालिकाका उपमेयर प्रतीक्षा गाहा सिंजालीले माग गर्नुभयो ।
महिलाको शिर उँचो बनाउन प्रतिबद्ध : अध्यक्ष हीरा
राजनीतिक दलले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको गुनासोबीच पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेले हीरादेवी शर्मालाई अध्यक्ष उम्मेदवार बनायो । निर्वाचनमा विजयी शर्माले मोदी गाउँपालिकाको आगामी पाँच वर्षको नेतृत्व सम्हाल्नुभएको छ ।
प्युरे पहिरोको पिरलो
जब आकाश मडारिएर पानी पर्न सुरु हुन्छ, रोङ गाउँपालिका–४, प्यूरेका टङ्क बस्नेतको होस र चेत हराउँछ । प्यूरेको पहिरो आसपासका स्थानीयलाई वर्षा याममा न भोख लाग्न न तिर्खा नै । “जग्गा जमिन बगाई सक्यो, मानिस जोगाउन पनि सकस पर्छ ।
हट्यो खानेपानी समस्या
खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले दोलखाको दुई पालिकामा करिब दुई हजार धारा निर्माण गरिदिएपछि पानीको समस्या बेहोर्दै आएका स्थानीयवासीले घरआँगनमै पानी प्रयोग गर्न पाएका छन् ।
चिकित्सकलाई कारबाही सिफारिस
सामान्यतया सरकारी कर्मचारीले कार्यालय प्रवेश गरेपछि कार्यालय समयमा दैनिक हाजिर गर्छन् तर भेरी अस्पताल नेपालगञ्जका एक जना वरिष्ठ चिकित्सकले भने एक सातापछिसम्मको हाजिर गरेको पाइएको छ । अस्पताल विकास समितिका स
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ज्येष्ठ नागरिकलाई सहयोग
सिन्जा गाउँपालिका–२ का ८१ जना ज्येष्ठ नागरिकलाई बर्खायाममा छाता र टर्च वितरण गरिएको छ । वडा कार्यालयले वर्षाका बेला ज्येष्ठ नागरिकको सहयोगका लागि छाता र टर्च वितरण गरिएको हो । वडाध्यक्ष तीर्थ वडले ज्येष्ठ नागरिकको सल्लाहअनुसार छाता र टर्च वितरण गरिएको हो । उहाँले भन्नुभयो, “वर्षामा छाता र राति बाहिर जान उज्यालो आवश्यक भएकाले टर्च उपलब्ध गराइएको हो ।”
दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा
दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
बेसहारा ताराका लागि न घर, न वृद्धाश्रम
श्रीमान् बेपत्ता भएको ३० वर्ष भयो । सहारा दिने दुई छोरी पराइघर गए । ओत लाग्ने एउटा जीर्ण घर पनि असारे झरीले भत्काएपछि ६८ वर्षीया तारा भट्टको बिचल्ली भएको छ । दशरथचन्द नगरपालिका–२, कठपतेनजिकै रहेको सुतेगाड निवासी भट्टको घर भत्केपछि तारा भट्ट बिचल्लीमा पर्नुभएको छ ।
कर्मचारी अभावमा सेवा प्रभावित
जिल्ला प्रशासन कार्यालय दोलखामा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् ।कार्यालयका प्रमुख पाँच फाँटमा काम गर्ने नायब सुब्बा नहुँदा सेवा प्रदानमा सहज बनेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताउनुभयो ।
व्यायामशालाप्रति आकर्षण बढ्यो
रुपन्देही जिल्लाको बुटवल, सैनामैनालगायत विभिन्न १० स्थानमा स्थापना भएका खुला व्यायामशालाहरू शारीरिक तन्दुरुस्ती कायम राख्नेहरूका लागि आकर्षक गन्तव्य बनेका छन् । बुटवल उपमहानगरपालिकाले सात र सैनामैना नगरपालिकाले तीन स्थानमा खुल्ला व्यायामशाला निर्माण गरेपछि स्थानीय युवा तथा व्यायामप्रेमीहरूको आकर्षण बढेको हो । ती क्षेत्रमा घुमफिरसँगै कसरत गर्ने र व्यायाम गर्नेहरूको चाप बढ्दै गएको छ ।
दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने
प्रदेश सरकारले सवारीसाधन दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारीसाधन दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा पीडितले नै खर्च गर्नुपर्दा उपचारमा समस्या आउनसक्ने देखिएकोले सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो ।
वन्यजन्तुका कारण सोह्र लाख क्षतिपूर्ति
डिभिजन वन कार्यालय लमजुङले वन्यजन्तुबाट क्षति भएकालाई १६ लाख ४२६ रुपियाँ राहत वितरण गरेको छ । चितुवा र भालुको आक्रमणबाट घाइते नागरिक तथा घरपालुवा जनावरबाट भएको आक्रमणको क्षतिपूर्तिबापत यो रकम वितरण गरिएको हो ।
कित्ताकाट रोक्का कायमै : हेटौँडा उमनपाको बजेट पारित
हेटौँडा उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाएको छ । रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले निर्णय गरेको हो ।
खाँडोको कटानले जोखिम कायमै
सप्तरीमा खाँडो नदीको बाढीले विभिन्न स्थानमा तटबन्ध कटान गर्दा जोखिम बढ्न थालेको छ । सात वर्षअघि सुरु भएको सप्तरीको खाँडो नदी नियन्त्रणको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नदीमा निर्माण गरिएको तटबन्ध पनि कटान हुन थालेको छ भने तटबन्ध निर्माण अधुरो रहेको अधिकांश ठाउँमा सामान्य वर्षामै कटान हुन थालेको छ ।
बागमती सबैभन्दा प्रतिस्पर्धी
प्रदेश सरकारमध्ये बागमती प्रदेश सबैभन्दा धेरै प्रतिस्पर्धी देखिएको छ । सङ्घीयता कार्यान्वयन पछि नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमता सम्बन्धमा गरिएको एक अध्ययन प्रतिवेदनले बागमती सबै सूचकमा अब्बल पाइएको हो । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले मङ्गलबार सार्वजनिक गरेको ‘नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२’ ले बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर तथा पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखाएको हो । एसिया कम्पिटेटिभनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।
ई–रिक्सा व्यवस्थापन गरिँदै
नेपालगञ्ज बजारक्षेत्रलगायत आसपास कतिवटा ई–रिक्सा सञ्चालनमा छन्, स्पष्ट तथ्याङ्क कुनै पनि निकायसँग छैन । सो क्षेत्रमा करिब १५ हजारको हाराहारीमा ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि स्पष्ट तथ्याङ्क नहुँदा व्यवस्थापनमा समस्या देखिएको छ ।
जीर्ण भवनमा कैदीबन्दीलाई सकस
कर्णाली प्रदेशका कारागारको भौतिक अवस्था कमजोर रहेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोट जिल्लाका अधिकांश जीर्ण र साँघुरा भवनमा कैदीबन्दीलाई सास्ती भएको अनुगमनका क्रममा पाइएको छ । कारागारहरूको भौतिक अवस्था कमजोर हुँदा कैदीबन्दीलाई सकस भएको हो ।