• १२ असार २०८१, बुधबार

मन्त्रीको जिल्लामा करिब दुई सय योजना

blog

नेपालगञ्ज, असार २४ गते । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको गृह जिल्ला बाँकेमा १७६ वटा योजना छनोट भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विभिन्न मन्त्रालयका योजनाहरू जिल्लामा परेका छन् । 

बाँकेको खेलकुद क्षेत्रका लागि मात्र नौ करोड १४ लाख ४६ हजार रुपियाँ विनियोजन गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत खेल पूर्वाधार निर्माण तथा प्रतियोगिता सञ्चालन शीर्षकमा नौ करोड १४ लाख ४६ हजार र युवाका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

मन्त्री गहतराजको सक्रियतामा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत बाँकेका लागि ४० वटा योजना छनोट भएको मन्त्रीका स्वकीय सचिव दिलिप सोनीले बताउनुभयो । त्यसैगरी खानेपानी मन्त्रालयअन्तर्गत ५४ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत १७ वटा योजना परेका छन् । 

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत तीन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत आठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पाँचवटा योजना छनोटमा परेको उहाँले बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको चार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका १२, युवा तथा खेलकुद मन्त्रालयका ११ र सहरी विकास मन्त्रालयका १६ वटा योजना परेका छन् । 

बाँकेका आठवटा पालिकालाई प्राप्त हुने अन्तरसरकारी वित्त हस्तान्तरण रकम बढाउनसमेत मन्त्री गहतराजले महŒवपूर्ण भूमिका खेल्नुभएको उहाँको सचिवालयले जनाएको छ । जिल्लाको सबैभन्दा पछि परेका नरैनापुर र राप्तीसोनारी गाउँपालिकाको विकास निर्माणका लागि निरन्तर योजना र कार्यक्रम ल्याइने जनाइएको छ ।