• ३ असार २०८१, सोमबार

ज्येष्ठ नागरिकलाई सहयोग

blog

जुम्ला, असार २३ गते । सिन्जा गाउँपालिका–२ का ८१ जना ज्येष्ठ नागरिकलाई बर्खायाममा छाता र टर्च वितरण गरिएको छ । वडा कार्यालयले वर्षाका बेला ज्येष्ठ नागरिकको सहयोगका लागि छाता र टर्च वितरण गरिएको हो । वडाध्यक्ष तीर्थ वडले ज्येष्ठ नागरिकको सल्लाहअनुसार छाता र टर्च वितरण गरिएको हो । उहाँले भन्नुभयो, “वर्षामा छाता र राति बाहिर जान उज्यालो आवश्यक भएकाले टर्च उपलब्ध गराइएको हो ।”

ज्येष्ठ नागरिक खत्रीले वडा कार्यालयले राम्रो कामको सुरुवात गरेकोे बताउनुभयो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ज्येष्ठ नागरिकलाई सम्मानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

यता सिन्जाको २ नम्बर वडाले बिष्टवाडमा आफ्नै वडा कार्यालय स्थापना गरेको छ । निवर्तमान वडाध्यक्ष नवीन्द्रराज शर्माको समयमा गाउँपालिकाले वडा कार्यालय स्थापना गरेको थियो । आफ्नै कार्यालय भएपछि कार्यसम्पादन गर्न सजिलो भएको वडाध्यक्ष तीर्थ वडले बताउनुभयो ।