‘मिर्गौला बचाउ अभियान’ सञ्चालन गर्न माग
ताप्लेजुङमा मिर्गौला बचाउ अभियान सञ्चालन गर्न माग गरिएको छ । पछिल्लो समय थाहै नपाई मिर्गौला बिग्रिनेक्रम बढेको भन्दै फुङ्लिङ नगरपालिकाका सर्वसाधारणले अभियान सञ्चालन गर्न माग गरेका हुन् ।
लोकमार्गले पहाडको मुहार फेर्दै
मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख र जाजरकोट जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भइरहेका छन् । गाउँबस्तीमा यातायातको पहुँच पुगेसँगै थल बजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकम बजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् ।
डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो
बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताउनुभयो ।
खेलाडीलाई मुख्यमन्त्रीको हौसला
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेलाडीहरूलाई उच्च मनोबल र उत्साहका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजना हुन लागेको राष्ट्रियस्तरको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुन जाने गण्डकी प्रदेशका खेलाडीहरूलाई बिदाइ गर्दै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभयो । “राष्ट्रपति रनिङ सिल्डमा विगतमा गण्डकी प्रदेशले प्राप्त गरेको सफलतामा थप उत्कृष्टता हासिल गर्न यहाँहरूले उच्च मनोवल र उत्साहसाथ प्रस्तुत हुनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।
मगर सङ्ग्रहालय स्थापना
आफ्नो कला, संस्कृति, भाषा, धर्म र वेशभूषाको संरक्षण र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले घोराही उपमहानगरपालिका–१३, नयाँ बसपार्कमा मगर जातिको मौलिक संस्कृति र परम्परा झल्किने सङ्ग्रहालय निर्माण गरिएको छ ।नयाँ पुस्ताले विस्तारै मौलिक संस्कृति र परम्परा बिर्संदै गएकोमा चिन्तित देखिनुहुन्छ, मगर समुदायका अगुवा प्रेम बुढामगर ।नेपाल मगर सङ्घको घोराहीस्थित कार्यालयमा सङ्ग्रहालय स्थापना गरिएपछि उहाँ खुसी हुनुहुन्छ ।
गाउँघरमा युवाको खडेरी
केही वर्षयता सर्लाहीका प्रत्येक बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन थालेका छन् । बस्तीका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएपछि गाउँघरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भएका हुन् । अहिले युवा उमेरका पुरुष घरमा भेट्न मुस्किल हुँदै गएको छ ।
बाल न्यायप्रति गम्भीर बन्न आग्रह
सुनसरीका सरोकारवालाहरूले बाल न्यायका बारेमा जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । जिल्ला बाल न्याय समिति सुनसरीले आयोजना गरेको नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायको भूमिका विषयक एक दिवशीय अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले बाल न्याय तथा बालबालिकाको सर्वोत्तम हितका लागि गम्भीर बन्नुपर्नेमा जोड दिएका हुन् ।
‘कृषि उत्पादनलाई बढावा दिने योजना छ’
चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिकाले अलग्गै पहिचान बोकेको छ । चितवनको सातवटा पालिकामध्ये माडी विकास र जिल्लाको पहुँचका हिसाबले पछाडि पारिएको आवाज उठ्दै आएको छ । जिल्लाको दक्षिण भारतसँग सीमा जोडिएको माडी नगरपालिकामा निकुञ्जको बाटो भएर जानु पर्दछ । नगरप्रमुख तारा कुमारी काजी महतो कृषि कर्म गर्नेहरूको सङ्ख्या धेरै रहेकाले नगरपालिकाले कृषिलाई नै प्राथमिकता दिएर योजना अगाडि बढाएको बताउनुहुन्छ । यसअघि उपप्रमुख रहनुभएकी उहाँले गोरखापत्रसँग भन्नुभयो, “यहाँको भूमि उर्वर छ त्यसैले कृषि उत्पादनका कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौँ । परम्परावादीभन्दा माथि उठेर व्यावसायिक खेती गर्नका लागि कार्यक्रम ल्याएका छौँ ।”
संसदीय टोलीद्वारा गेटा मेडिकल कलेजको निरीक्षण
सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले आइतबार कैलालीस्थित गेटा मेडिकल कलेजको निरीक्षण गरेको छ । भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजको भौतिक अवस्थाबारे जानकारी लिन र सञ्चालन गर्ने प्रारुपका विषय बुझ्न संसदीय टोलीले अनुगमन गरेको हो ।
दाङमा जङ्गली च्याउ खाँदा छ जना बिरामी
दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
लोडसेडिङको मारमा धादिङवासी
नेपाल विद्युत् प्राधिकरणले धादिङमा विद्युत् मर्मतका लागि भन्दै प्रत्येक शनिबार लोडसेडिङ गर्दै आएको छ । जिल्लामा बिजुली आउने र जाने समयमा कुनै भर नभएकाले स्थानीयले सास्ती खेप्दै आएका छन् । उता विद्युत्मा आश्रित व्यवसाय गर्न निकै कठिन भएको गुनासो व्यवसायीको छ । गर्मीको समयमा विद्युत्को अनियमितताले व्यवसाय चौपट भएको होटल व्यवसायी मुना गोतामे बताउनुहुन्छ । “निकै गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सामान बिग्रिएर जान्छ,” गोतामे भन्नुभयो, विद्युत् प्राधिकरणको असावधानीले दैनिक घाटा बेहोर्नुपरेको छ ।
‘अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको भन्नेमा सत्यता छैन’
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रबारे भ्रम पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभयो । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिन सरकार सचेत रहेको स्पष्ट पार्नुभयो । मन्त्री कार्कीले सबैले एकताबद्ध ढङ्गले प्रयास ग
सुरक्षित प्रसूति सेवा लिने बढे
स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउनेको सङ्ख्या रुकुमपश्चिममा वृद्धि भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई हजार ९५१ जना गर्भवती स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका छन् ।
खार्पुनाथमा कुपोषित बालबालिका
पूर्ण खोपयुक्त खार्पुनाथ गाउँपालिकामा कुपोषित बालबालिका फेला परेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले बस्तीमा पुगेर बालबालिकाको पोषण अवस्था अध्ययन गर्दा कुपोषित बालबालिका भेटिएको हो ।२०७४ सालमा सो गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषित भएका थिए । पूर्ण खोपयुक्त घोषणा भएपछि साबिकका गाउँ विकास समितिले ६० हजारदेखि एक लाख रुपियाँसम्म पुरस्कार पाएका थिए ।
झोलुङ्गे पुल निर्माण सम्पन्न
दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने अँधेरी खोलामा करिब ४७ लाख रुपियाँको लगानीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । संङ्घीय सरकारको ३९ लाख ६७ हजार ९८६, गाउँपालिकाको छ लाख छ हजार ८६८ र जनश्रमदान ९३ हजार ३६४ गरी कुल ४६ लाख ६८ हजार २१८ रुपियाँ लगानीमा यो पुल निर्माण सम्पन्न भएको पालिकाका असिस्टेन्ट सबइन्जिनियर रामाकाजी कार्कीले जानकारी दिनुभयो ।
बूढीगङ्गा मतगणनाः ८ वडाको गणना सम्पन्न, एमालेको अग्रता कायमै
बाजुराको बूढीगङ्गा नगरपालिकाको मतगणना आठ वटा वडाको सम्पन्न भएको छ । वडा नम्बर १,२,३,४,७ ८,९ र १० को मतगणना हुँदा प्रमुख र उपप्रमुखमा एमालेको अग्रता रहेको छ ।
बजेट परिमार्जन गर्नुपर्ने कांग्रेसको निर्णय
सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट परिमार्जन हुनुपर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास हुन नसक्ने भन्दै परिमार्जन गर्नुपर्ने निर्णय गरेको हो ।
आचार्यद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्ष लड्ने आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।
विकास निर्माण प्राथमिकतामा : मन्त्री राई
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बर्तमान सरकारले दीर्घकालिन विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । “अब सबै राजनीतिक दलले विकासको एजेण्डा लिएर जनतामाझ जानुपर्छ”, नेपालगञ्ज उपमहानगरपालिका २० ले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासबाहेक अन्य एजेण्डाको नाममा मत माग्न आउनेलाई आम जनताले पनि साथ दिन हुँदैन” ।
बेवारिसे शवको पहिचान खुल्यो
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार विहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले बताउनुभयो ।
मोटरेवल पुल निर्माणले स्थानीय लाभान्वित
कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो । लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीय लाभान्वित भएका छन् ।
पर्यापर्यटनका लागि विनियोजित पाँच करोड बजेट फिर्ता
डिभिजन वन कार्यालय सिरहाले प्राविधिक समस्या देखाई समयमै उपभोक्ता समिति गठन गर्न नसक्दा पर्यापर्यटन अन्तर्गत मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये झण्डै पाँच करोड रुपियाँ फिर्ता हुने भएको छ ।
साढे १६ क्वीन्टल अवैध लसुन बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।
सिलौटो र जाँतो बिक्न छाडेपछि थवईको पुर्ख्यौली पेशा सङ्कटमा
नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुख्र्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुख्र्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ ।