तुम्लिङ सडक सञ्चालन
पर्यटकीय मार्गका रूपमा परिचित हेक्पा खोलादेखि न्यालुलेकहुँदै लिमीको तुम्लिङसम्मको सडक सञ्चालनमा आएको छ। हिमपातले छ महिनादेखि अवरुद्ध हुँदै आएको सो सडकको मर्मत कार्यपछि सडक सुचारु भएको हो।नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गत मङ्सिरमा भएको हिमपातपछि अवरुद्ध हुँदै आएको हेक्पा खोलादेखि न्यालुलेकहुँदै तुम्लिङसम्मको पर्यटकीय सडक सञ्चालनमा आएको बताउनुभयो। हिमपातपछि हिम पहिरोका कारण सो सडक अवरुद्ध थियो।
सीमा क्षेत्रमा सुरक्षाको चिन्ता
पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधैँ सिमानाको समस्याले पिरोली रहन्छ । सिमाना सम्बन्धी बोल्नु परेमा उहाँ धक फुकाएर बोल्ने गर्नुहुन्छ । इलाम जिल्लाको नेपाल–भारत ५२ दशमलव ५ किलोमिटर सिमानाको अवस्था क्षेत्रीलाई एक–एक याद छ । उहाँ भन्नुहुन्छ, “सिमानाको पीडा सिमानामै बसेर गरी खानेलाई मात्र थाहा हुन्छ, माथिका त आउँछन् घुमेर जान्छन् ।”
विद्युतीय रेल मार्गमा पुल निर्माणको काम तीव्र
राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको कामले गति लिएको छ । रेल मार्गअन्तर्गत महोत्तरीको बर्दिबासदेखि सर्लाही, रौतहट हुँदै बाराको चोचासम्म अर्थात् बर्दिबास–चोचा खण्डमा रेल मार्गसँगै पुल निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको हो । बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमा साना–ठूूला गरी करिब दुई दर्जन पुल निर्माण भइरहेको रेल योजना कार्यालय लालबन्दीका इन्जिनियर सुरेशप्रसाद साहले जानकारी दिनुभयो ।
साँफे–मार्तडी लोकमार्ग फेरि अवरुद्ध
बाजुराको साँफे–मार्तडी लोकमार्गअन्तर्गत पर्ने अम्कोट सडक पुन अवरुद्ध बनेको छ । गत बुधबार राति परेको अविरल वर्षाका कारण तलबाट पहिरो बग्न सुरु भएपछि अम्कोट सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार वर्षाका पानीका कारण अम्कोट सडक भासिएर झन्डै बाइस फिट तल पुगेपछि अम्कोट सडक अवरुद्ध बनेकोे छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले लगातार परेको पानीका कारण सडक पूरै पहिरोमा परिणत भएपछि यसलाई पुनः सञ्चालन गर्न अझै समय लाग्ने बताउनुभयो ।
चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।
दुर्गम क्षेत्रमा खच्चडकै भर, ढुवाँनी दोव्वरले सस्तो
दक्षिणी हुम्लाबाट खच्चडबाट ढुवाँनी गर्नले मालसमानको दरभाउ समेत सस्तिएको छ । नेपालगञ्ज र सुर्खेतबाट गाडीमा आएको सामान त्यसपछि खच्चडबाट ढुवाँनी गर्दा दोव्वरले सस्तो भएपनि दरभाउँ समेत सस्तो हुन आएको हो ।
सवा करोड नहुँदा सञ्चालन भएनन् आठ पुल
नारायणगढ–मुग्लिन सडकमा सवा अर्बभन्दा बढी रुपियाँको लागतमा निर्माण भइरहेका १५ वटा पुलमध्ये आठवटा बनिसकेका छन् । ती पुलमा मोटर गुडाउन मजाले सकिन्छ तर सवा करोडभन्दा थोरै बढी बजेट नपाउँदा सडक विभागलाई पुल हस्तान्तरण गरेर सञ्चालन गर्न सकिएको छैन । १५ वटै पुलको कुल लागत भने एक अर्ब २७ करोड पाँच लाख रुपियाँ छ । सञ्चालन गर्न आवश्यक भने एक करोड १८ लाख रुपियाँ मात्र हो ।
भरतपुर नमुना सहर बन्ने दिशामा
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना सहर बन्ने दिशामा अगाडि बढेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले बुधबार आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दाहालले नमुना सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना सहर बन्ने उल्लेख गर्नुभयो ।
नेपालमा भेटियो लोपोन्मुख कालो प्रजातिको गिद्ध
एसिया महादीपमै नरहेको कालो प्रजातिको गिद्ध नेपालमा देखिएको छ । नवलपरासीमा रहेको कावासोती गिद्ध रेष्टुरेन्टमा सो गिद्ध भेटिएको हो । कालो गिद्धलाई नयाँ गद्धको रुपमा चिनिन्छ । गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार कालोप्रजातिको गिद्धले सुघँेर सिनो पत्ता लगाउने गर्छ ।
गाईघाट–दिक्तेल सडकको प्रगति शून्य
ठेक्का लिने अनि काम नगर्ने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण गाईघाट–दिक्तेल सडक निर्माणमा व्यापक ढिलासुस्ती भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ र उदयपुर जिल्ला सदरमुकाम जोड्ने गरी २०५१ सालबाट निर्माण सुरु भएको उक्त सडक २८ वर्ष बितिसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन ।
प्रदेश सभामा बजेट छलफल सुरु
सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेश सभा सञ्चालनका लागि सरकार र विपक्षी दलबीच बुधबार सहमति जुटेपछि सभा सञ्चालन भएको हो ।
गण्डकीमा ७० प्रतिशत रोपाइँ
असारको महिना सकिन लाग्दा गण्डकी प्रदेशमा रोपाइँ आधाभन्दा बढी सकिएको छ । कृषि विकास निर्देशनालय, गण्डकीका अनुसार मङ्गलबारसम्म प्रदेशमा ७० प्रतिशत रोपाइँ सकिएको छ । निरन्तर परिरहेको आकाशे पानी र सिँचाइको प्रयाप्त सुविधा हुँदा अघिल्लो वर्षको तुलनामा भन्दा अहिले बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय, गण्डकीका निमित्त प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो ।
किसानलाई राहत वितरण
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत वर्ष असोज, कात्तिक महिनामा परेको पानीले डडेल्धुराका सातवटा स्थानीय तहमा बालीनाली बगाएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल एवं पशुविज्ञ केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणका आधारमा पीडितलाई राहत वितरण गरिन लागेको जनाइएको छ ।
काभ्रेभीरमा सडक ९० प्रतिशत निर्माण सम्पन्न
राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ ।
जसपा यादव पक्षको केन्द्रीय समिति बैठक सुरु
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्यको सहभागितामा बुधबार वीरगञ्जमा केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा सहभागी हुन मङ्गलबार वीरगञ्ज आउनु भएका अध्यक्ष यादवले बुधबार दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नुभएको हो ।
साँफे–मार्तडी राजमार्ग अवरुद्ध
लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।
तानसेनको पार्किङ समस्या समाधान हुने
पाल्पाको तानसेनबजारमा भएको सवारीसाधन पार्किङ समस्या समधान हुने भएको छ । नगरपालिकाले बजेटमै व्यवस्था गरेर अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै समस्याको समधान हुने भएको हो ।
बजेटमाथि मुख्यमन्त्रीको स्पष्टीकरण
गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना बढ्दै गएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्माजवाफ दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पार्नुभयो । ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी पनि उहाँले दिनुभयो
रातारात सुदूरपश्चिमको बजेट पारित
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट रातारात बहुमतले पारित भएको छ ।
सरकारलाई टेर्दैनन् ठेकेदार
समयमै काम गरेको भए घोराहीको शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैङ्कदेखि शहीदगेटसम्म नालासहित सडक पिच (कालोपत्रे) गर्ने काम असारमा सकिनुपर्ने हो तर कार्य जिम्मा पाएको वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही देखायो ।
लिम्बू समुदाय सिरिजङ्गा सिक्दै
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ का बृखनारायण लिम्बूले ५७ वर्षको उमेरमा लिम्बू सिरिजङ्गा लिपि सिक्ने अवसर पाउनुभयो । बाल्यकालदेखि नै लिम्बूभाषा बोल्दै आउनुभएका उहाँलाई लिपिबारे भने जानकारी थिएन । “हाम्रो पनि लिपि हुन्छ भन्ने सुनेको थिएँ तर देखेको थिइन,” उहाँले भन्नुभयोे, “आफूले बोल्ने भाषाको लिपि सिक्न पाउँदा खुसी लागेको छ ।”
मेलम्ची बस्ती जोगाउन तटबन्ध
सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नदीले कटान गर्न सक्ने र जोखिम निम्तिन सक्ने सडक, बजार र विद्यालय क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो । गत वर्ष असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु-याएको हेलम्बुदेखि काभे्रको दोलालघाटसम्मको नदी कोरिडोरमा तटबन्ध निर्माण भइरहेको छ ।
८० राउण्ड गोलीसहित एक पक्राउ
झापाका बिभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुुर नगरपालिका–५ का १८ बर्षिय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोली प्रहरीले बरामद गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको बजेटमाथि सदनमा छलफल सुरु
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सदनमा छलफल सुरु भएको छ । प्रदेश सरकार र प्रतिपक्षबीच १४ बुंदे मागमा सहमति भएपछि आजबाट सदनमा बजेटमाथि छलफल सुरु भएको हो ।