• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशको बजेटमाथि सदनमा छलफल सुरु

blog

अविनाश चौधरी

धनगढी, असार २९ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि सदनमा छलफल सुरु भएको छ । प्रदेश सरकार र प्रतिपक्षबीच १४ बुंदे मागमा सहमति भएपछि आजबाट सदनमा बजेटमाथि छलफल सुरु भएको हो ।

यसअघि, प्रतिपक्षी र सत्तापक्षकै विरोधका कारण सदन चल्न सकेको थिएन । प्रदेश सरकारले ल्याएको बजेटमा सत्तापक्षकै चर्को असमति रहेको छ । यसैगरी प्रतिपक्षी दलका सांसदले सदन नै बहिस्कार गर्नुभएको थियो । 

आज प्रदेश सरकार र प्रतिपक्षबीच सहमति भएपछि बजेटमाथिको छलफल सुरु भएको छ ।