शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बेनी, चैत १५ गते । संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई सूर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आयोजित कार्यक्रममा कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रेष्ठलाई नगद २५ हजार र कदरपत्रसहित सम्मान गर्नुभयो ।
समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई/दुई वर्षमा नेपाली लोकसंस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।
निरन्तर पाँच दशकसम्म गीतसङ्गीत र नृत्यकलामा अनवरत लगावका साथै साहित्यको माध्यमबाट समाजमा पु¥याएको योगदानस्वरूप पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।