• १५ चैत २०८२, आइतबार

अग्निपीडित परिवारलाई राहत सामग्री सहयोग

blog

राहत सामग्री हस्तान्तरण गर्नुहुँदै अध्यक्ष यादव । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १५ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका अग्निपीडित परिवारलाई एक स्थानिय संस्थाले राहत सामग्री प्रदान गरेको छ ।

नगरपालिकाको वडा नम्बर ६ स्थित अण्डिपट्टीका अग्निपीडित किसुन देव मण्डललाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको हो ।

सहयोग स्वरुप थाल, गिलास, कराही, डेक्ची, बाल्टिन, मग, म्याट्रेस, बल्यांकेट लगायतका राहत सामाग्री संस्थाको तर्फबाट अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले शनिबार हस्तान्तरण गर्नुभयो ।

चैत ८ गते मण्डलको घरमा आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भई आठ लाख भन्दा बढीको क्षति भएको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर १२ का सचिव चन्दर मण्डलसहित स्थानिय भरलादमीको उपस्थाति रहेको थियो ।