• ४ जेठ २०८१, शुक्रबार

दुर्गम क्षेत्रमा खच्चडकै भर, ढुवाँनी दोव्वरले सस्तो

blog

सिमकोटका लागि खच्चडमा सामाग्री ढुवाँनी गरिदैँ । तस्बिर: राजन रावत

हुुम्ला, असार ३१ गते । दक्षिणी हुम्लाबाट खच्चडबाट ढुवाँनी गर्नले मालसमानको दरभाउ समेत सस्तिएको छ । नेपालगञ्ज र सुर्खेतबाट गाडीमा आएको सामान त्यसपछि खच्चडबाट ढुवाँनी गर्दा दोव्वरले सस्तो भएपनि दरभाउँ समेत सस्तो हुन आएको हो । 

निर्माण ब्यवसायी सरोज रावतले सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लाबाट सिमकोटसम्मको खच्चडको ढुवाँनीदर सस्तो पर्ने गरेको बताउनुुभयो । उहाँले उक्त स्थानबाट ६० रुपियाँमा प्रतिकेजी सामान ढुवाँनी गर्ने गरेको बताउनुुभयो । यसअघि मुुगुुको गमगढी र हुुम्लाको बालुु कुनाबाट सामाग्री ढुवाँनी गर्नु पर्दा प्रतिकेजी ९० देखि एक सय रुपियाँ ब्यवसायीले तिर्नु पर्ने बाध्यता रहेको थियो । 

सलीसल्लासम्म १२ रुपियाँ तिरेर गाडीमा ढुवाँनी गरेको सामाग्री त्यसपछि खच्चडको सहयोगमा ढुवाँनी गर्ने गरेको छ । पैदल मार्गबाट खच्चडमा ढुवाँनी भएर आएको सामाग्रीको मुल्य पनि पसल अनुुसार सस्तो पर्ने गरेको उद्योग बाणिज्य संघका उपाध्यक्ष रामबहादुुर भण्डारीले बताउनुुभयो । उहाँले यो बिकासको सकरात्मक प्रभाव परेको बताउदै तर खच्चडमा टुटफुट हुने सामान ढुवाँनी हुने सामान भने अहिले पनि हवाई मार्गकै महङ्गो दरमा ढुवाँनी गर्नु परेको बताउनुभयो । 

खच्चडलाई भ्याई नभ्याई

माथिल्लो हुुम्लामा खच्चडबाट ढुवाँनी गर्न ब्यवसायीलाई भ्याई नभ्याई भएको छ । सडक सञ्चालन नजोडिएको कारण सलीसल्लाबाट सामान ढुवाँनी गर्ने कार्य दैनिक भई रहेको हो । मनसुुन सुुरु भएपनि पानी पर्न सुुरु नभएको कारण यतिबेला ढुवाँनीको भरपर्दो साधन खच्चड देखिएको छ । 

तल्लो दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जाल जोडिएको अबस्थामा त्यहाँसम्म गाडीमा ढुवाँनी भएको सामान माथिल्लो हुम्लामा भने खच्चडबाट ढुवाँनी गरेको हो । खच्चड ब्यवसायी लोकेन्द्र शाहीले हाल सलीसल्लाबाट माथिल्लो हुम्लाका लागि दैनिक एक सय भन्दा बढी खच्चडबाट सामाग्री ढुवाँनी भई रहेको बताउनुुभयो । यसका लागि खच्चड ब्यवसायी भने हुुम्लादेखि जुम्ला, मुुगुु र बाजुुराबाट आउने गर्छन् । सलीसल्लाबाट हाल सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि सामान ढुवाँनी हुने गरेको छ । यसमा दैनिक उपभोग्य सामान तेल, चिनी, साबन देखि बिकास निर्माणका सामानहरु सबै र इन्धन समेत ढुवाँनी खच्चडमा हुने गरेको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।