हुम्ला, जेठ १३ गते । हुम्लाको अदानचुली गाउँपालिकालाई चीनको अलि प्रिफेक्चर अन्तर्गत पुराङ काउन्टीले सूचना प्रविधिसम्बन्धी उपकरणहरू प्रदान गरेको छ । सहयोग सामाग्रीहरू गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई हिल्सामा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । पुराङ काउन्टी च्यानल डिकोरेसन कम्पनीमार्फत पहिलो चरणमा प्रदान गरिएका सामग्रीहरू गाउँपालिका अध्यक्ष सिंहलाई हिल्सा नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । गत फेब्रुअरी १७ मा अदानचुली गाउँपालिकाका अध्यक्ष सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हंस महतारा र पुराङ काउन्टीको विदेश मामिला हेर्ने निकायबीच भएको सहमति अनुसार तीन करोड १२ लाख २६ हजार ९२८ रुपियाँ बराबरको सहयोग सामाग्री प्रदान गरिने उल्लेख थियो । उक्त सहमति अनुसार एक्स्काभेटर, सूचना प्रविधि सामाग्री, स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा सहायता गरिने सम्झौतामा उल्लेख गरिएको थियो । अध्यक्ष सिंहका अनुसार पहिलो चरणमा सूचना प्रविधिसम्बन्धी सामग्री लेनोभो डेस्कटप कम्प्युटर १९ थान, प्रिन्टर १९ थान, प्रोजेक्टर ४ थान, नोट बुक कम्प्युटर ७ थान, मनिटर १०० थान, स्विच मेसिन २० थान, भिडियो रेकर्डर आठ थान, नेटवर्क केबल चार थान, मनिटर कालोमा १० थान, डेमो क्यामेरा सात थान र क्यास्टल हेडर पाँच थान—हस्तान्तरण गरिएको छ । यी सबै सामाग्रीहरू गाउँपालिका, वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा आवश्यकता अनुसार वितरण गरिने बताउँदै अध्यक्ष सिंहले निरन्तर एक वर्षको प्रयासपछि यो सहयोग सम्भव भएको बताउनुभयो । चीनको सहयोग अन्तर्गत बाँकी सामग्री—एक थान एक्स्काभेटर र पूर्वाधार विकासका अन्य पक्षमा दोस्रो चरणमा हस्तान्तरण गरिने छ । विशेष गरी चीनले हाल नेपालमा अदानचुली गाउँपालिका (हुम्ला) र थुलुङ दुधकोसी गाउँपालिका (सोलुखुम्बु) लाई मात्र यस्तो प्रकारको सूचना प्रविधि तथा पूर्वाधार सहयोग उपलब्ध गराएको हो । अब केही समय पछाडि नाम्खा गाउँपालिकाले पनि उक्त सहयोग प्राप्त गर्नेछ ।
जिल्लाका अधिकांश गाउँका घरहरू परम्परागत रूपमै माटोले छापेका थिए तर हिजोआज यी घरहरू लोप हुने अवस्थामा पुगेको देखिन्छ ।
नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमास्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो ।
काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनु पर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडी काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमीडेटको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।
कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
निर्धारित मिति भन्दा अगाडी नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनु पर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो ।
जिल्ला भरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन धमाधम भई रहेको भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा भने हालसम्म पुग्न नसकेको पाइएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक चौडा गर्ने कार्य सुरु भएको छ । गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक चौडा गर्ने कार्य सुरु भएको हो ।
सिमकोट सडकको तार्कु खोलामा साँढे छ महिनापछि पक्की पुलको ढलान कार्य भएको छ । हिल्सा सिमकोट सडक आयोजनाको पटक पटकको ताकेता पछि निर्माण कम्पनीले यति बेला सो पुलको ढलान कार्य सम्पन्न गरेको हो ।
नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्य पुस्तक विद्यालयमा पुगेका हुन ।
पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा पाँच वर्षयता सवारी साधन दुर्घटनामा परि २९ जनाको मृत्यु भएको छ । जिल्लाका आन्तरिक रूपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठुलो रूपमा मानवीय क्षती भएको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ र सर्के गार्ड गाउँपालिकाको सिमाना छारे भीरको चट्टानी क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सरकारी नियमको अवज्ञा गर्दै हुम्लाका केही पालिकाले फागुन २ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्याेलले हालसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको भए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहहरूले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको हो ।
सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य सम्पन्न गरेको हो ।