राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने (एलपी) ग्यास प्रयोग गर्नेको सङ्ख्या उच्च दरमा वृद्धि भइरहेको छ । सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डका हीरा शाहीले पहिले १५ परिवारले एलपी ग्यास प्रयोग गरिरहेकोमा अहिले डेढ सयभन्दा बढी परिवार पुगेको जानकारी दिनुुभयो । सर्केगार्डमा १७० घरधुरी छन् ।
पशुुपालनका लागि आमासंग लगिएका बालबालिकालाई स्वास्थ्यकर्मीद्धारा खर्कमै पुुगेर खोप लगाउने कार्य गरिएको छ । नियमित रुपमा लगाउनुु पर्ने खोपबाट बालबालिका छुट्ने भएपछि स्वास्थ्यकर्मीहरु खर्कमै पुुगेर खोप लगाउने कार्य गर्नु भएको हो ।
सलीसल्लाबाट सिमकोट विमानस्थलसम्म हेलिकप्टरमा यात्रा गर्न १२ मिनेट लाग्छ, यहाँसम्म यात्रा गर्दा हेलिकोप्टर कम्पनीले १८ हजार भाडा लिने गरेको छ । भाडादर निर्धारण भएको छैन, यो मौकामा हेलिकोप्टर कम्पनीले समेत अचाक्ली रूपमा मनपरी भाडा असुल्ने गरेको पाइएको छ ।
आठौं संबिधान दिवसको अवसरमा आज सोमबार स्थानीय भेषभूषामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सीता परियारसहित हुम्लाबासीले देउडा खेलेर रमाइलो गर्नुभएको छ । देउडा नाचले स्थानीय महिलालाई देउडा संरक्षणमा लाग्न हौसला प्रदान गरेको उहाँहरुको भनाइ छ ।
नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा पाँच सय रोपनी भन्दा बढी जग्गामा लगाएको उवा लगायतका बाली नष्ट भएको छ । पाकेर थन्क्याउने बेला भएको उक्त बाली शनिबार रातिबाट भएको हिमपातले नष्ट गरेको हो ।
मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुु पर्ने धार्मिक पर्यटकहरु ताक्ची र सिमकोट रोकिनुु परेको छ । बुधवार रातीबाट बर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध हुँदा गन्तव्यमा लाग्नुु पर्ने पर्यटकहरु रोकिनुु परेको हो ।
जिल्लाको सात वटै गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु ३१ करोड भन्दा बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक भएको वार्षिक प्रतिबेदन अनुसार ठुलो मात्रामा बेरुजु भएको पाइएको छ ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दुर दर्शन गर्न ताक्ची पुग्नु भएका एक जना भारतीय धार्मिक पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । नाम्खा गाउँपालिका–६ लिमीको ताक्चीमा अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई हेलिकोप्टरबाट सिमिकोट उद्धार गरिएको हो ।
सिमकोट गाउँपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका छ वटा विद्यालयका कक्षा र दुुई वटा विद्यालयलाई समायोजन गरेको छ । शिक्षक भएपनि बिधार्थी सङ्ख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुुगेको हो ।
हुम्लामा परीक्षणका क्रममा छ महिनापछि कोरोना पुष्टि भएको छ । यहाँको अस्पतालका एक जना चिकित्सक सहित २२ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्लाको खार्पुनाथ गाउँपालिका–३ को कारंङ्ग गाउँका आइतराम लुवारले बिगत २१ वर्षदेखि आरन पेशाका भरमा जिबीकोपार्जन गर्दै आउनु भएको छ । जिबीकोपार्जनको अन्य बिकल्प नदेखिएपछि उहाँले बाजेको पालादेखि अगालिएको पेशालाई नै निरन्तरता दिनु भएको हो ।
गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका– ४ का स्वास्थ्यकर्मी १९ वर्षीय जीवन बोगटी मृत भेटिएका छन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिनुभयो ।
पर्यटकीय स्थल लाप्चा क्षेत्र जाने गेउ खोलामा गाडी गुड्ने काठे पुल निर्माण भएको छ । यसअघि सडक निर्माण भएपनि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो । काठेपुल बनेपछि यातायात सञ्चालनमा सहज भएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोटबाट गएको खाद्यन्न लिमी पुगेपछि लिमीका तीन गाउँवासीले सो खाद्यन्न पाएका हुन् ।
महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निक्कका साथ विद्यालयमै प्याड प्रयोग गर्न थालेकी छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् ।