• ४ जेठ २०८१, शुक्रबार

दुुई दिनदेखि २६० जना धार्मिक पर्यटक ताक्ची र सिमकोटमा रोकिए

blog

वर्षाको कारण हवाई उडान नभएपनि सिमकोटमा रोकिएका पर्यटकहरु । तस्बिर: राजन रावत

हुम्ला भदौ ३१ गते । मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटकहरु ताक्ची र सिमकोट रोकिनुुपरेको छ । बुधवार रातीबाट वर्षा भइरहेको कारण हवाई सेवा अबरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटकहरु रोकिनुुपरेको हो । 

टेकर सोसाइटीका प्रबन्धक प्रल्हाद लिम्बूले दुुई दिनदेखि ताक्चीबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने २६० जना पर्यटकहरु रोकिनुुपरेको बताउनुुभयो । उहाँले बुधवार रातीबाट लगातार वर्षा भइरहेको कारण हवाई सेवा अवरुद्ध भएको कारण लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर आ आफ्नो गन्तव्यतर्फ लाग्नुुपर्ने पर्पटक ताक्ची र सिमकोटमा रोकिएको बताउनुुभयो । यसमा ताक्चीबाट हेलिकोप्टरमा सिमकोट आउनुुपर्ने साठी जना पर्यटक र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने पर्यटक रोकिनुुभएको हो ।

सिमकोटबाट ताक्चीका लागि पर्यटकहरु ल्याउनका लागि तीन वटा हेलिकोप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा रहेको भए पनि वर्षाको कारण हेलिले उडान भर्न सकेनन् भने सिमकोटमा रहनुुभएका पर्यटकहरु ओसार्न नेपालगञ्ज विमानस्थलमा जहाजहरु तयारी अवस्था रहेको भए पनि उडान हुने सकेन । उडान नभएपछि पर्यटकहरु दुुवै स्थानमा रोकिनुुभएको छ । यसले थप आर्थिक

व्ययभार समेत थपिएको छ । पानी परिरहेको कारण ताक्चीबाट लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरु पनि प्रभावित हुनुुभएको छ । बादल लाग्ने र पानी परे रहेको समयमा लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिँदैन । यस वर्ष सद्गुुरुसहित एक हजार १७५ पर्यटक मानसरोवर कैलाशको दर्शनका लागि हुम्ला भित्रिएका थिए ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।