पुरुष मात्र सहभागी हुने ढाल तरबार नाच लोप हुने चिन्तामा हुम्लावासी रहेका छन् । शुभ कार्य र चाडपर्वमा सधैँ नाचिने उक्त
चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन ।
सिमकोटका बासिन्दाका लागि निःशुल्क उपलब्ध गराउन ल्याइएका ३५७ वटा सुधारिएका चुला नौ महिनादेखि खार्पुनाथमा बेवा
दक्षिणी क्षेत्रका चार वटा गाउँपालिका अन्तर्गतको ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँने भएको छ । दुर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउँन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएपछि मङ्गलबार दिउँसो सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट ल्याउन लागिएको हो ।
नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा स्थापित होटेल तीन वर्ष देखि बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् । यहाँ रहेका दुई दर्जन होटेलहरू तीन वर्षदेखि बन्द छन् ।
जिल्ला अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने औषधिको अभाव देखिएको छ । आर्थिक वर्ष सुरु भएको चार महिना बिती सक्दा पनि प्रदेशबाट औषधी नआएको र जिल्लाले खरिद गर्ने औषधी समेत ढुवानी समस्याले आउन नसकेपछि अस्पतालमा औषधीको अभाव भएको हो ।
दक्षिणी क्षेत्रको एक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरू खुल्ला धुलो भएको चौरमा अध्ययन गर्न बाध्य हुँदै आएका छन् । गत असोज तेस्रो साता परेको वर्षासँगै गएको पहिरोले भवन भत्काएपछि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य हुँदै आउनु भएको हो ।
कतिपय स्थानमा आवश्यक भएको स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसकेको समयमा कतै भने पुलमाथि पुल निर्माण भएका छन् । खार्पुनाथ गाउँपालिका– ४ र ५ को सिमाना खार्पुको नल्न स्थित कर्णाली नदीमा एकै ठाउँमा दुई वटा पुल निर्माण गरिएको हो ।
हिल्दुम विद्युत् वितरण केन्द्रले विद्युत् आपूर्ति सुचारु गर्न मुगुको गमगढीबाट दुई वटा जेनरेटर हेलिकोप्टरमा ढुवानी गरेर सिमकोट ल्याई पुर्याएको छ । हिल्दुम साना जलबिद्युत आयोजनाको नहरलाई पहिरोले क्षती पुर्याएपछि एक महिनादेखि बिद्युत् सेवा बन्द भएपछि त्यसलाई सुचारु गर्न प्राधिकरणको सहयोगमा जेनरेटर ल्याउने कार्य भएको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कुल ४६ वटा मतदानस्थललाई अति संवेदनशील र संवेदनशील ठहर्याएको छ । जिल्ला सुरक्षा समितिको बैठकद्वारा सात वटै गाउँपालिकाका ती मतदानस्थलाई अति सम्बेदनशील र संवेदनशील ठहर गरिएको हो ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरूबाट पन्ध्र लाख भन्दा बढी राजस्व सङ्कलन भएको छ । मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरूबाट सिमकोट र नाम्खा गाउँपालिकाले सो राजस्व उठाउन सफल भएका हुन ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङको टोली न्यालुको हिउँ छिचोलेर लिमी पुगेको छ । मेशिन लगाएर हिउँ पन्छाएर सडक सुचारु गर्ने प्रयास असफल भएपछि अध्यक्ष तामाङको टोली न्यालु क्षेत्रको हिउमै हिडेर लिमी पुग्नु भएको हो ।
असोज १९ देखि २४ गतेसम्म परेको वर्षाको कारण पहिरोले अवरुद्ध बनाएको सिमकोट खार्पु सडक पन्द्र दिनपछि सुचारु भएको छ । हिल्सा सिमकोट सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरेपछि सडक सुचारु भएको हो ।
स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई टुकीकै भरमा उपचार गर्नु पर्ने बाध्यता छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा एउटा सोलर बत्ती समेत नभएपछि सेवाग्राही र कर्मचारीले सस्ती खेप्नु परेको छ ।
दशैं सुुरु भएर सम्पन्न हुन लागिसक्दा पनि हुम्लाका किसानलाई बालीनाली भित्र्याउने चटारो उस्तै छ । दशैंभन्दा पनि कातिके बाली पाकेका कारण बाली भित्र्याउन किसानलाई भ्याइनभ्याई भएको हो ।