नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएको छ । पाँच हजार मिटर अग्लो न्यालु लेकको सडक मर्मतपछि सञ्चालनमा आएकाले अहिले आन्तरिक धार्मिक पर्यटक लाप्चा क्षेत्र गएर मानसरोवर कैलाशको दर्शन गर्न थालेका हुन् ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८-०७९ मा पुँजीगत (बिकासे) खर्च ४५ प्रतिशत मात्र भएको छ । समयमा बिकासे कामहरु हुन नसकेको कारण पुुँजीगत खर्च हालसम्म कै कम भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरिरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरीनै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ ।
दक्षिणी हुम्लाबाट खच्चडबाट ढुवाँनी गर्नले मालसमानको दरभाउ समेत सस्तिएको छ । नेपालगञ्ज र सुर्खेतबाट गाडीमा आएको सामान त्यसपछि खच्चडबाट ढुवाँनी गर्दा दोव्वरले सस्तो भएपनि दरभाउँ समेत सस्तो हुन आएको हो ।
अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुुल खोलामा बढेको पानीको बहाबले बगाउने जोखिम बढेको छ । कर्णाली करिडोर अन्र्तगतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुुल माथि खोलाको पानी बग्न थालेपछि बगाउने जोखिम बढेको हो ।
पूर्ण खोपयुक्त खार्पुनाथ गाउँपालिकामा कुपोषित बालबालिका फेला परेका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले बस्तीमा पुगेर बालबालिकाको पोषण अवस्था अध्ययन गर्दा कुपोषित बालबालिका भेटिएको हो ।२०७४ सालमा सो गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषित भएका थिए । पूर्ण खोपयुक्त घोषणा भएपछि साबिकका गाउँ विकास समितिले ६० हजारदेखि एक लाख रुपियाँसम्म पुरस्कार पाएका थिए ।
सरकारले तुइन विस्थापन गर्ने भने पनि अदानचुली गाउँपालिकाका बासिन्दा पाँच वर्षदेखि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यतामा छन् । आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा स्थानीयवासीलाई तुइनकै भर गर्नुपरेको हो ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ का सम्पूर्ण घरधुरी सौर्य प्यानल जडान गरेर झिलिमिली भएका छन् । सौर्य प्यानल जडानसँगै वर्षौंदेखि दियालो बाल्दै आएका गाउँवासीको झन्झट पनि हटेको छ । घाम लागेका बेला सौर्य टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आउनुभएकी थालीगाउँकी मोतीसरा रावलले घरमा एकै पटक पाँचवटा बत्ती बल्ने सौर्य प्यानल जडान गर्नुभएको छ ।
ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै गर्नु भएका एक जना पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाम्खा गाउँपालिका–५ को नारा लेखबाट हिल्सा जादै गरेका पर्यटकबाट सडकमा काम गर्ने कामदारले लुटपात गर्न खाजेका हुन ।
खार्पुनाथ गाउँपालिका–१, सुनाखाडा र लालीबगर क्षेत्रमा चुनढुङ्गाको खानी रहेको अनुमान गरिएको छ । कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा चुनढुङ्गा निस्किएपछि त्यहाँ खानी भएको अनुमान गरिएको हो । नेपाली सेनाको कर्णाली कोरिडोर विकास निर्माण कार्यदलका सेनानी इन्जिनियर प्रेम खत्रीले उक्त क्षेत्रमा ठूलो परिमाणमा चुनढुङ्गाको खानी भेटिएको बताउनुभयो ।
कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड अन्तर्गत स्याल्तडी–लालीबगरको कडा चट्टानी भीरमा ट्र्याक खोल्ने कार्यलाई नेपाली सेनाले तीव्र पारेको छ । सो खण्डमा सेनाले चट्टान विस्फोट गर्दै मेसिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगाडि बढाएको छ ।सडकका राजेश रोकायाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम भइरहेको बताउनुभयो ।
हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् ।
खार्पुनाथ गाउँपालिकाको हुुम्ला माध्यामिक विद्यालयका अधिकांश विद्यार्थीमा ठेउला देखापरेको छ । गाउँपालिका वडा नम्बर ३ को उक्त माध्यमिक विद्यालयका विद्यर्थीहरुमा ठेउला रोग देखिएपछि विद्यालय प्रसासनले रोकथामका लागि अनुरोध गरेको छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका सात वटै गाउँपालिकाबाट १६९ जना उम्मेदवारको जमानत जफत भएको छ । वडा सदस्यदेखि गाउँपालिका अध्यक्ष पदका प्रत्यासीहरुको जफत भएको हो ।
सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकायाकी आमाका मृत्युु भएपछि गाउँसभा स्थगित भएको छ । शुुक्रबार चार बजे सभामा बजेट प्रस्तुुत भई रहेको समयमा अध्यक्षकी आमाको मृत्युुको खबर आएपछि सभा स्थगित भएको हो ।