• ८ वैशाख २०८१, शनिबार

बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

blog

हुुम्ला साउन २४ गते । गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका– ४ का स्वास्थ्यकर्मी १९ वर्षीय जीवन बोगटी मृत भेटिएका छन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिनुभयो । 

वेलुका स्वास्थ्य संस्थाबाट विदा भएर गएका बोगटी अचानक चार दिनपछि ताँजकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन् । फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्य चौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि खोजि गरिएको थियो । 

मृत अवस्थामा झुण्डीएका बोगटीको लाशको पोष्टमार्टमका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी बोगटीले के कारणले आत्महत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको अनुसन्धान भैरहेको छप्रेला प्रहरी चौकीले जनाएको छ । 

Author

राजन रावत