• १६ चैत २०८०, शुक्रबार

भीरमा झुण्डिएर सडक खन्दै नेपाली सेना

blog

हुम्ला, साउन १ गते । कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरीरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरी नै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ । 

तल नदी माथि पहरो भीर, काम गर्दा शरीर नै सिरिङ्ग हुन्छ तर पनि काम गर्न भने छाडेका छैनन् । उहाँले एक महिनादेखि उक्त काम गर्दै आउनुुभएका उहाँ लगायतका नेपाली सेनाका जवानहरु दिनरात खटिदै आएको छ ।  विस्फोटका लागि मेशिनबाट होल खोप्ने, विस्फोट भएर छरपुुष्ट भएका ढुुङ्गा पन्छाउनेदेखि ग्याबिन भर्ने कार्य एकसाथ भइरहेको छ । निक्कै अग्लो असजिलो चट्टानमा डोरी शरीरमा बाँधेर कामदारले होल खोप्ने र विस्फोट भएका ढुुङ्गा पन्छाउने कार्य गर्ने गर्छन् । 

कर्णाली करिडोरको हुुम्ला खण्ड अन्तर्गत स्याल्तडीदेखि लालीबगरसम्मको कडा चट्टानी भीर छिचोल्ने कार्यलाई सेनाले तीव्रता दिएका छन् । उक्त खण्डमा सेनाले चट्टान विस्फोट गर्नेदेखि मेशिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगािड बढाएको हो । नेपाली सेनाको कर्णाली करिडोर विकास निर्माण कार्यदलका योजना प्रमुख अनुुप पोखरेलले यसवर्ष सेनाले जिम्मा पाएको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । 

यो पनि हुुम्ला र कालिकोट बाजुुरा क्षेत्रको घाटापारी क्षेत्र गरी तीन किलोमिटर सडक निर्माण गर्ने जिम्मेवारी सेनाको रहेको थियो । यसमा हुुम्ला खण्डको स्याल्तडीदेखि लालीबगरको ११ किलोमिटर छ । एक किलोमिटरभन्दा बढी सडक हुुम्ला खण्डको सेनाले निर्माण गरेको छ । घाटापारी क्षेत्रको ११ किलोमिटर सडकमा सेनाले काम गरिरहेको छ । हुुम्ला खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको निर्माणमा खटिएको सेनाले जनाएको छ ।

हाल लालीबगर ल्याप्चे क्षेत्रको पाँच वटा स्थानमा सडक निर्माण कार्य भइरहेको छ । यसमा ११ वटा कम्प्रेशसर मेशिनबाट काम भइरहेको छ । २५० जना हुम्ला खण्ड र ५० जना  कालिकोट बाजुुरा गरी ३०० जना कामदार दुुवै खण्डमा काम गर्दै आउनुुभएको छ । 

यसवर्षको लक्ष्य भन्दा पनि अब दुुवै खण्डको निर्माण गर्ने जिम्मा सेनाको रहेको कारण कामलाई तीव्रताका साथ निरन्तरता दिइने सेनाले जनाएको छ । हुुम्ला खण्डमा सेनाले दैनिकजसो कडा चट्टानलाई विस्फोट गर्ने कार्य गरिरहेको छ । उहाँले त्योसँगै मेशिनबाट सडक निर्माण गर्ने र कामदारबाट ग्याबिन लगाउने कार्य भइरहेको बताउनुभयो । 

करिडोरको हुम्ला खण्डमा ठाउँ ठाउँमा गरि तीन किलोमिटर क्षेत्र चट्टानी भाग छ । ती सबै चट्टानमा विस्फोट गर्ने कार्य भइरहेको छ । ३० मिटर अग्लो चट्टानलाई विस्फोट गरेर आठ मिटर चौडा सडक निर्माण गर्नुपर्ने बाध्यता सेनालाई छ । सरकारले आगामी आर्थिक वर्षमा हुुम्लाको सदरमुकाम सिमकोटसँग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो । 

यसअघि करिडोरकै कालिकोटको खुलालु, लैफुु हुँदै हुुम्लाको सलीसल्लासम्मको १२२ किलो मिटर सडक निर्माण गरेर सेनाले गतवर्ष असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।