• ६ जेठ २०८१, आइतबार

काठेपुलमा यातायात सञ्चालन, पानीको सतह बढ्दा जोखिम

blog

हेक्पा खोलामा निर्माण गरिएको काठेपुल माथि बग्दै गरेको पानी । तस्बिर: राजन रावत

हुुम्ला असार २७ गते । अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुुल खोलामा बढेको पानीको बहाबले बगाउने जोखिम बढेको छ । कर्णाली करिडोर अन्तर्गतकाे सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुुलमाथि खोलाको पानी बग्न थालेपछि बगाउने जोखिम बढेको हो । 

नाम्खा गाउँपालिका–१ को गाडापारी गाउँका मिमबहादुुर लामाले हेक्पा खोलामा बढेको पानीको बहालले यातायात सञ्चालन भई रहेको काठेपुुल बगाउने खतरा बढेको बताउनुुभयो । पुल माथि बगेको पानी मै हाल यातायातका साधान सञ्चालन हुँदै आएका छन् । सो पुल खोलामा पक्की पुल निर्माण कार्य भई रहेको कारण अस्थायी रुपमा यातायात सञ्चालन गर्न दुुई वर्ष अगाडि निर्माण गरिएको हो । 

खोलाको बगर क्षेत्रमा काठेपुुल लगाएको तर बगरमा तटबन्धन नगरिएको कारण यो समस्या आएको उहाँले बताउनुुभयो । खोलाको पानी पुलमाथि बगेपछि हाल यातायातका साधन सञ्चालन भई रहेका छन् । उक्त पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले खोलाको पानी बढेर पुललाई समस्या सृजना गरेको स्वीकार गर्दै पक्की पुलको पिलर बनी रहेको कारण यो समस्या आएको बताउनुुभयो । उहाँले पिलरको काम सम्पन्न भएको भए हाल काठेपुुलमाथि पानी बग्ने क्षेत्रमा तटबन्धन निर्माण गर्न सकिने बताउनुुभयो । तत्कालका लागि कार्यालयसँग पानी हटाउने र तटबन्धन निर्माण गर्ने कुनै उपाय समेत नभएको उहाँले बताउनुुभयो ।

पुुल बगाएमा उत्तरी हुुम्ला हिल्सा र लिमी लाप्चा जाने यातायातका साधन बन्द हुनेछन् ।  हाल दैनिद १५ भन्दा बढी यातायातका साधन सञ्चालन हुँदै आएका छन् । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।