• ४ जेठ २०८१, शुक्रबार

एक्काइस वर्षदेखि आरनकै भरमा गुजारा

blog

कारङ्ग खोलामा पाल टाँगेर आरन पेश सञ्चालन गर्दै लुवार । तस्बिरः राजन रावत

हुम्ला, भदौ २ गते । जिल्लाको खार्पुनाथ गाउँपालिका–३ को कारंङ्ग गाउँका आइतराम लुवारले विगत २१ वर्षदेखि आरन पेशाका भरमा जीविकोपार्जन गर्दै आउनुभएको छ । जीविकोपार्जनको अन्य विकल्प नदेखिएपछि उहाँले बाजेको पालादेखि अगालिएको पेशालाई नै निरन्तरता दिनुभएको हो ।

हाल ४१ वर्षका लुवारले बीस वर्षको उमेरबाट आरन पेशामा काम गर्न सुरु गर्नुभएको बताउनुभयो ।  यसअघि उहाँका बुवा र बाजेले पनि सोही पेशा अँगाल्दै आउनुभएको थियो । आरनबाट भएको आम्दानीले पाँच जना परिवारको गुजारा चलाउँदै आउनुभएको छ । 

कृषिमा प्रयोग हुने औजार कुटो, कोदालो, बन्चरोदेखि कृषि औजार तयारी गरेर उहाँले आम्दानी गनुहुन्छ । नयाँ निर्माणसँगै मर्मत गरेबापत उहाँले एक केजीदेखि पाँच केजीसम्म अन्न लिने गरेको बताउनुभयो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।