कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्म सोह्र वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । खुलालु सलीसल्ला सडक आयोजनाले निर्माण कम्पनीसँग निर्माण कार्यका लागि सम्झौता गरेको आठदेखि दश महिनामा ती पुलहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
निर्धारित मिति भन्दा अगाडी नै सडक निर्माण भएर गाडी गुडे पनि भुक्तानी नभएको पाइएको छ । सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लागत साझेदारीमा निर्माण गरिएको सडकका लागि पठाउनु पर्ने बजेट हालसम्म नपठाउँदा सडक निर्माण भएर सञ्चालनमा आए पनि भुक्तानी हुन नसकेको हो ।
जिल्ला भरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन धमाधम भई रहेको भए पनि नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा भने हालसम्म पुग्न नसकेको पाइएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक चौडा गर्ने कार्य सुरु भएको छ । गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक चौडा गर्ने कार्य सुरु भएको हो ।
सिमकोट सडकको तार्कु खोलामा साँढे छ महिनापछि पक्की पुलको ढलान कार्य भएको छ । हिल्सा सिमकोट सडक आयोजनाको पटक पटकको ताकेता पछि निर्माण कम्पनीले यति बेला सो पुलको ढलान कार्य सम्पन्न गरेको हो ।
नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्य पुस्तक विद्यालयमा पुगेका हुन ।
पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा पाँच वर्षयता सवारी साधन दुर्घटनामा परि २९ जनाको मृत्यु भएको छ । जिल्लाका आन्तरिक रूपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठुलो रूपमा मानवीय क्षती भएको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ र सर्के गार्ड गाउँपालिकाको सिमाना छारे भीरको चट्टानी क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सरकारी नियमको अवज्ञा गर्दै हुम्लाका केही पालिकाले फागुन २ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गरेका छन् ।
नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्याेलले हालसम्म विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको पाइएको छ । गत वर्षबाटै शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको भए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहहरूले आफ्नो निर्णय अनुसार फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गरेपछि हाल कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको हो ।
सल्ट ट्रेडिङ कर्पोरेसनको ढुवानी अनुदानको नुन हेलिकोप्टरबाट ढुवानी कार्य सम्पन्न भएको छ । दश दिनयता माउन्टेन एयरको हेलिकोप्टरले सो नुन ढुवानी गर्ने कार्य सम्पन्न गरेको हो ।
कपासको धागो बटारने चर्खा लोप हुने अवस्थामा पुगेकाे छ । कपासबाट तयार भएका कपडाहरू स्थानीयले लगाउन छोडेपछि कपास खेती हराएको कारण चर्खा लोप भएका हुन ।
कर्णाली कोरिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकमा पर्ने नाम्खा गाउँपालिका– २ र ४ को सिमानामा पर्ने सल्ली खोलको पक्की पुल छ वर्ष विते पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
सात जना सुपरभाइजरहरूले वर्ष भरि हाजिरी नै नगरी मासिक पारिश्रमिक लिने गरेको पाइएको छ । हिल्सा सिमकोट सडक आयोजनाले कवाडीदेखि हिल्सासम्मको सडक निर्माणमा खटिएका सुपरभाइजरहरूले हाजिरी नै नगरी पारिश्रमिक दिने गरेको पाइएको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्ड अन्र्तगत पर्ने सुनाखाडा र लाली बगर क्षेत्रको सडकको निर्माण कार्य पुरा गरेको छ । निर्माण कार्य सुरु गरेको एक वर्ष अवधि लगाएर नेपाली सेनाले कडा चट्टानी भीर सहित सडकको निर्माण कार्य पुरा गरेको हो ।