• १६ वैशाख २०८१, आइतबार

छारे भीर छेडेर सडक निर्माण (फोटो फिचर )

blog

तस्बिर: राजन रावत

हुम्ला, चैत ११ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ र सर्के गार्ड गाउँपालिकाको सिमाना छारे भीरको चट्टानी क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले विस्फोट गर्ने, डोजरबाट काम गर्ने र कामदार लगाएर एक साथ गर्दै सडक निर्माण कार्यलाई तीव्रता दिएको हो ।

दुई वर्ष अगाडीदेखि नेपाली सेनाको विकास निर्माण दलले कर्णाली कोरिडोरको दुल्ली कुनादेखि लाली बगरसम्मको एघार किलो मिटर सडकमा निर्माण कार्य गरी रहेको सेनाको विकास निर्माण दलका योजना प्रमुख अम्रित पराजुलीले बताउनुभयो । उहाँले आफ्नो जिम्मामा अधिकांश काम सकिएको र अब छारे भीरमा अन्तिम कार्य भई रहेको बताउनुभयो । 

सो भीरमा चट्टान विस्फोट गर्ने, कामदारले होल खोप्ने र डोजरबाट विस्फोट भएको चट्टान सम्म्याउने कार्य एक साथ भई रहेको बताउनुभयो । उक्त भीरमा केही दिनमा प्रारम्भिक ट्र्याक खुलाउने कार्य पुरा हुने उहाँले बताउनुभयो । त्यसलाई सम्म्याउन, विस्फोट भएका चट्टान सफा गर्न र सडकको लेभल मिलाउन केही दिन लाग्ने उहाँले बताउनुभयो । 

छारेबाट लाली बगरसम्मको सडक निर्माण गर्ने कार्य पुरा भई सकेको छ भने छारेबाट ल्याप्चेसम्मको सडकको निर्माण कार्य पनि पुरा भई सकेको छ । 



Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।