• ६ जेठ २०८१, आइतबार

ताक्चीबाट भारतीय पर्यटकको उद्धार

blog

ताक्चीवाट बिरामी पर्यटकको हेलिकोप्टरमा उद्धार गरेर सिमिकोट विमानस्थलमा ल्याइँदै । तस्बिरः राजन रावत

हुम्ला भदौ १७  गते । नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूर दर्शन गर्न ताक्ची पुग्नु भएका एक जना भारतीय धार्मिक पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । नाम्खा गाउँपालिका –६ लिमीको ताक्चीमा अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई हेलिकोप्टरबाट सिमिकोट उद्धार गरिएको हो । 

प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्न सिमकोबाट ताक्ची पुग्नु भएका भारतीय ६३ वर्षीया धार्मिक पर्यटक जानकी रमनलाई हेलिकोप्टरबाट सिमिकोट उद्धार गरिएको बताउनुभयो । उहाँले धार्मिक पर्यटक रमनलाई ताक्चीमा श्वासप्रश्वासमा समस्या आएपछि उद्धार गरेर सिमिकोट ल्याउनुको अन्य विकल्प नभएको बताउनुभयो । 

सिमिकोट पुगे लगत्तै उहाँलाई हवाई जहाजबाट नेपालगन्ज हुँदै काठमाडौँ पठाइएको छ । उहाँ चार दिन अगाडी सिमकोबाट ताक्तीतर्फ लाग्नु भएको थियो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।