• १६ चैत २०८०, शुक्रबार

लिमीवासीले नौ महिनापछि पाए ४० केजी खाद्यन्न

blog

हुुम्ला साउन १६ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोटबाट  गएको खाद्यन्न लिमी पुगेपछि लिमीका तीन गाउँवासीले सो खाद्यन्न पाएका हुन् । 

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमिटेडबाट गएको ५७ क्विन्टल खाद्यन्न लिमी पुगेपछि स्थानीयवासीलाई बितरण गरिएको बताउनुुभयो । उक्त खाद्यन्न २०७८ सालको मङ्सिर महिनापछि लिमी गएको हो । उहाँले लिमी पुगेको खाद्यन्न घरधुरी अनुुसार प्रति परिवार दुई बोराका दरले बितरण गरिएको बताउनुुभयो । सिमकोटबाट लिमीसम्मको खाद्यन्न ढुवाँनीको मुल्य वडाले तिरेको छ । 

लिमिटेड हुुम्ला शाखाका प्रमुख कृष्ण अधिकारीले माग बढी भएपनि गोदाममा मौज्दातको अबस्था हेरि ५७  क्विन्टल खाद्यन्न मात्र लिमीका लागि उपलब्ध गराईएको बताउनुुभयो । उक्त खाद्यन्न सिमकोट शाखाको कोटाबाट उपलब्ध गराईएको हो । गत वर्षको लिमी बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यन्न काठमाडौं, केरुङ हुुँदै तिब्बतको बाटोबाट लिमी पुग्नुु पर्नेमा कोरोनाको कारण नाका बन्द भएपछि सो खाद्यन्न ढुवाँनी हुन सकेको थिएन । लिमीमा खाद्यन्न समस्या देखिए पछि गत मङ्सिरमा हेलिकोप्टरबाट खाद्यन्न ढुवानी गरिएको थियो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।