• ४ जेठ २०८१, शुक्रबार

स्वास्थ्यकर्मीद्वारा खर्कमै पुुगेर बालबालिकालाई खोप र उपचार

blog

खर्कमा पुुगेर बालबालिकालाई खोप लगाउदै स्वास्थ्यकर्मी । तस्बिर : राजन रावत

हुुम्ला असोज ७ गते  । पशुुपालनका लागि आमासँग लगिएका बालबालिकालाई स्वास्थ्यकर्मीद्वारा खर्कमै पुुगेर खोप लगाउने कार्य गरिएको छ । नियमित रुपमा लगाउनुुपर्ने खोपबाट बालबालिका छुट्ने भएपछि स्वास्थ्यकर्मीहरु खर्कमै पुुगेर खोप लगाउने कार्य गर्नुभएको हो । 

चुवाखोला क्षेत्रमा पाशुपालनका लागि खर्कमा बस्दै आउनुुभएकी सिमकोट गाउँपालिका–१ की छिरिङबुटी लामाले आफ्नो आठ महिनाको छोराको खोप लगाउने कार्य भएको बताउनुुभयो । तीन महिनादेखि उहाँ छोरा सहित खर्कमा बस्दै आउनुुभएको थियो । उहाँले आफुू जस्तै पाँच वर्ष मुनीका आमाहरुको माग अनुुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र दोजामबाट स्वास्थ्यकर्मी आएर सबै किसिमको खोप लगाउने कार्य भएको बताउनुुभयो । स्वास्थ्यकर्मी आएर खोप लगाएपछि खर्कमा आमासँग रहँदै आएका बालबालिकाले खोप लगाउन पाउनुुभएको हो ।

केन्द्रका इन्चार्ज रत्न बोहराले खोप लगाउने उमेर समूहका बालबालिका सबै आमासँग खर्कमा लगिएको कारण आफूसहितको स्वास्थ्यकर्मीको टोली खर्कमा पुुगेर खोप लगाउने कार्य भएको बताउनुुभयो । उहाँले खोपबाट पाँच वर्षमुनिका बालबालिका नछुुटोस् भन्नका लागि एक हिँडेर खर्कमा पुुगी खोप लगाउने कार्य गरिएको बताउनुुभयो । अनिवार्य रुपमा लगाउनुुपर्ने खोपबाट बालबालिकाहरु छुट्ने भएप नि खर्कमै जानुुपरेको बताउँदै आमालाई बोलाउँदा पशुु हेर्न समस्या हुने देखिएपछि आफूहरु उतै गएको बताउनुुभयो । उहाँले खोप लगाउने उमेरका १७ जना बालबालिकालाई खोप लगाउने कार्य भएको बताउनुुभयो । खोप लगाउने कार्य वडा नम्बर १ र २ का बालबालिकालाई भएको छ । उक्त स्वास्थ्य केन्द्रले तीन वर्षयता लगातार खर्कमै पुुगेर बालबालिकालाई खोप लगाउने कार्य गर्दै आएको छ । यसैबीच खोप लगाउन खर्क पुुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामी खर्कालाको पनि उपचार गरेको छ । इन्चार्ज बोहराले रुघाखोकी, बाथ, दम, ज्वरो, टाउको दुःख्ने, निमोनियाका एक सय पचासभन्दा बढी बिरामीको पनि उपचार गर्ने कार्य भएको बताउनुुभयो । स्वास्थ्यकर्मी खर्कमा आएर उपचार गरेपछि बिरामीलाई सहज भएको थियो । गत जेठ महिनादेखि खर्कालाहरु उच्च पाटनका खर्कमा पशुुपालन गर्दै आउनुुभएको छ ।

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।