साउने सङ्क्रान्ति मनाइँदै
दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् । जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास बाहुल्यताका बस्तीमा साउने सङ्क्रान्ति परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् ।
ज्यान हत्केलामा राखी साँघु वारपार
विश्वको सातौँ अग्लो हिमाल धौलागिरि आरोहण तथा अवलोकन गर्न आउने पर्यटकहरूलाई झोलुङ्गे पुलको अभावमा ज्यान हत्केलामा राखी काठको जीर्ण र जोखिम साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ । यहाँको पर्यटकीय पदमार्गअन्तर्गत धौलागिरि गाउँपालिका – ४ मुदीदेखि आधार शिविरसम्म करिब १५ स्थानमा झोलुङ्गे पुलको आवश्यकता देखिएको छ । म्याग्दी तथा यसका सहायक खोलामा स्थानीयले बनाएका काठे साँघुबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ ।
चौबीस सय मुद्दा फैसला
जिल्ला अदालत सुर्खेतले दुई हजार ४०९ वटा मुद्दामध्ये एक आर्थिक वर्षमा एक हजार ७४० वटा मुद्दाको किनारा लगाएको छ । न्याय सम्पादनको यस तथ्याङ्कलाई केलाउँदा सुर्खेतमा सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्धको पाइएको छ ।
जस्तापातामै उड्छ लाखौँ रुपियाँ
बैतडीको पुरचौडी नगरपालिका–२, ल्याँटीस्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छाना शुक्रबारको हावाहुरीले उडाउँदा लाखौँ रुपियाँको क्षति भएको छ । विद्यालयको चार कोठे भवनको छाना दुई महिनाअघि आठ लाख रुपियाँ खर्च गरेर मर्मत गरिएको थियो । विद्यालयको छाना पुनःमर्मत नभएसम्म पठनपाठन गर्नसकिने अवस्था नरहेको विद्यालयका शिक्षक जनक धानुकले बताउनुभयो ।
घरबास उठ्ने अवस्थामा उपभोक्ता
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको सिँचाइ आयोजनामा एउटाले गरेको काममा अर्कैलाई भुक्तानी दिइएको छ । पालिकाको वडा नम्बर ९, पिङ्खुरीस्थित बँेसीटोल सिँचाइ आयोजनामा एउटा समितिले गरेको काम देखाएर किर्ते प्रमाण राखी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापले अर्कै उपभोक्ता समितिलाई दुई पटक गरी २१ लाख ६० हजार रुपियाँ भुक्तानी दिएको हो । काम नै नगरी किर्ते कागज बनाए
लुम्बिनी प्रदेशमा रगत निःशुल्क
लुम्बिनी प्रदेश सरकारले साउन १ गते आइतबारदेखि सरकारी अस्पतालबाट सेवा लिने बिरामीका लागि रगतसम्बन्धी सबै सेवा शुल्क निःशुल्क उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नयाँ आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशका कुनै पनि सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो ।
मध्यतमोरको सुरुङ निर्माण सम्पन्न
ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मध्यतमोर जल विद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मध्य तमोर जल विद्युत् आयोजना कुल ७३ मेगावाट क्षमताको हो ।आयोजनाले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबार राति १०ः३० बजेतिर सुरुङ छेड्ने कार्य (ब्रेक थ्रु) सम्पन्न भएको जनाएको छ ।
कांग्रेसलाई कम क्षति हुनेगरी तालमेल गर्नु पर्छ : नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी चुनावी तालमेल गर्नुपर्ने बताउनुभएको छ । डा. कृष्णप्रसाद पौडेलले लेख्नु भएको लय छुटेको समय पुस्तक शनिवार गैंडाकोटमा बिमोचन गर्ने कार्यक्रममा कोइरालाले त्यस्तो बताउनुभएको हो । चुनावी तालमेल गर्दा कांग्रेसको भविश्यलार्इ ध्यान दिएर गर्नुपर्ने बताउनुभयो ।
झुपडीबाट पक्की घरको बास
सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका मुसहर समुदायको १२२ वटा घर निर्माण भएको छ । सङ्घीय सरकारको ससर्त अनुदानमा घर निर्माण भएपछि वर्षौंदेखि झुपडीमा बस्दै आएका मुसहर समुदायका परिवार यतिखेर पक्की घरमा रमाएका छन् । आफ्नो जीवनको ७० वर्षसम्म फुसले छाएको छाप्रो (झुपडी)मा बिताउँदै आउनुभएका दुधौली नगरपालिका–
प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न व्यवसायीको माग
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।
६३ रोपनी सार्वजनिक जग्गा भाडामा लगाउने सम्झौता खारेज
पोखरा उपत्यका नगर विकास समितिले निर्वतमान नगरप्रमुख मानबहादुर जिसीले आफ्नो कार्यकालको अन्तिममा समिति मातहतको विभिन्न तीन स्थानको ६३ रोपनी सरकारी जमिन भाडामा लगाउनेसम्बन्धी गरेको सम्झौता खारेज गरेको छ ।
बोलबम पदयात्राको तयारी
केदारेश्वर महादेवमणि बोलबम धाम बैदामले बोलबम पदयात्रासहित जलार्पण कार्यक्रम गर्न लागेको छ । बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुने गरेको छ । २०
प्रदेश विश्वविद्यालय खजुरामा
बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि कार्यालय भवनको खोजी हुन थालेको छ । खजुरा गाउँपालिका–८ मा विश्वविद्यालय निर्माणका लागि जग्गासमेत छुट्याइएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले विश्वविद्यालय सञ्चालनका लागि तत्काल पुरानो भवनमा केन्द्रीय कार्यालय राखेर काम अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा
काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।
बाँदर धपाउने नयाँ प्रविधि सिक्दै किसान
दिनभरि खेतमा पाकेको मकै रुँग्दा थकित भएका इलामका किसान बाँदर धपाउने उपकरण निर्माण गरेर प्रयोगमा ल्याउन थालेका छन् । इलाम नगरपालिका–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् ।
प्रदेश सभाबाट दुई विधेयक पारित
कर्णाली प्रदेश सभाबाट दुईवटा विधेयक पारित भएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकले प्रदेश कृषि व्यवसाय प्रवद्र्धनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सहकारी ऐन–२०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको हो ।
सडक बालबालिका व्यवस्थापनमा कार्यदल गठन
गुल्मीमा सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा समन्वय प्रमुख द्रोणबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
उपभोक्तालाई सहुलियतमा खानेपानी
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ ।
आगामी निर्वाचनसम्म गठबन्धन : अध्यक्ष यादव
जनता समाजवादी पार्टी ( जसपा )ले आगामी सङ्घ र प्रदेशको निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । वीरगञ्जमा बसेको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जसपाका केन्द्रीय अध्यक्ष यादवले निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको हो ।
सिटी स्क्यान मेसिन खरिद नगरिने
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले सिटी स्क्यान मेसिन खरिद नगर्ने निर्णय गरेको छ । सिटी स्क्यान मेसिन खरिदसम्बन्धी विवाद सार्वजनिक भएपछि तत्कालका लागि खरिद नगर्ने निर्णयमा प्रदेश सरकार पुगेको हो ।हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि सिटी स्क्यान मेसिन नगर्ने निर्णय गरेको हो ।
आधुनिक खेती प्रणालीबारे विद्यार्थीद्वारा नमूना प्रदर्शन
धनुषाको मिथिला नगरपालिका –९, बडहरीमा रहेको सार्वजनिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विज्ञान प्रदर्शनीको आयोजना गर्नुभएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा कृषि प्राविधिकतर्फका विद्यार्थीले सो प्रदर्शनीको आयोजना गर्नुभएको हो ।
तराई–मधेसमा दैनिक गर्मी बढ्यो
तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु भएको छ ।
मधेश प्रदेश कृषि क्षेत्रमा हिस्सा धेरै
मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो । आ–आफ्नो प्रादेशिक जीडीपीमा कृषि क्षेत्रको हिस्सा सुुदूरपश्चिमको ३३ दशमलव ५५ प्रतिशत, प्रदेश १ को ३३ दशमलव ११ प्रतिशत, कर्णालीको ३१ दशमलव ५० प्र