• १३ साउन २०८१, आइतबार

कांग्रेसलाई कम क्षति हुनेगरी तालमेल गर्नु पर्छ : नेता कोइराला

blog

शालिग्राम नेपाल 

चितवन, असार ३२ गते । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी चुनावी तालमेल गर्नुपर्ने बताउनुभएको छ । डा. कृष्णप्रसाद पौडेलले लेख्नु भएको लय छुटेको समय पुस्तक शनिवार गैंडाकोटमा बिमोचन गर्ने कार्यक्रममा कोइरालाले त्यस्तो बताउनुभएको हो । चुनावी तालमेल गर्दा कांग्रेसको भविश्यलार्इ ध्यान दिएर गर्नुपर्ने बताउनुभयो । 

उहाँले पार्टीको केन्द्रीय समितिको बैठकमा समेत तालमेलका विषयमा कुरा उठेको जानकारी दिनुभयो । हामीले स्थानीय चुनावमा त्यहाँको अबस्थालार्इ हेरेर तालमेल गर्ने भनेका थियौं तर केही स्थानमा भनेजस्तो परिणाम आउन सकेन ।  

कार्यक्रममा उहाँले देश अत्यन्त अप्ठ्यारो अबस्थामा पुगेको भन्दै खस्कदो आर्थिक अबस्थाका बारेमा दलका नेताहरुको चिन्ता नभएकोमा दुख व्यक्त गर्नुभयो  ।  नेताहरुले  नेपाल श्रीलंकाजस्तो हुने भन्दै प्रतिक्रिया दिएपनि सुधार गर्न कसैको चिन्ता नभएको बताउनुभयो । 

उहाँहरुले भन्नूभयो, “देश आर्थिक अबस्था कमजोर हुनुमा भ्रष्टाचार व्यापक भएकाले समस्या आएको छ । पारदर्शी नहुने जवाफदेहि नहुने भ्रष्टाचार गरिरहने यस्तो प्रवृत्ति अन्त्य गर्नु पर्छ ।”  

नेपाललार्इ श्रीलंका हुनबाट बचाउन भ्रष्टाचार बन्द गर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्रीले  करको दर घटाउन मन्त्रलायमा राती अबैध व्यक्ती प्रवेश गराएर निकृष्ट काम गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो । यतिसम्म लाजमर्दो अबस्था छ, तर यो विषय कसरी आयो त्यसको छानबिन हुनुपर्छ ।