• ७ जेठ २०८१, सोमबार

प्रदेश विश्वविद्यालय खजुरामा

blog

बाँके, असार ३२ गते । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि कार्यालय भवनको खोजी हुन थालेको छ । खजुरा गाउँपालिका–८ मा विश्वविद्यालय निर्माणका लागि जग्गासमेत छुट्याइएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले विश्वविद्यालय सञ्चालनका लागि  तत्काल पुरानो भवनमा केन्द्रीय कार्यालय राखेर काम अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । 

प्रदेश योजना आयोगको टोलीले विश्वविद्यालय स्थापनाका लागि छुट्याइएको रनियापुर जग्गाको स्थलगत अनुगमन पनि गरेको छ । तत्काललाई जनक शिक्षा सामग्री केन्द्रको भवनलाई केन्द्रीय कार्यालय भवनका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले जनक शिक्षाको सामग्री केन्द्र प्रस्तावित विश्वविद्यालय नजिक हुनुका साथै प्रयोगविहीन भएकाले पनि कार्यालय सञ्चालनका लागि उपयुक्त भएको बताउनुभयो । 

“अब केन्द्रीय कार्यालयको खोजी भएपछि प्रदेश विश्वविद्यालय खजुरामै निर्माण हुने सुनिश्चित भएको छ,” गाउँपालिकाका अध्यक्ष विकले भन्नुभयो, “केन्द्रीय कार्यालय सञ्चालनमा आएपछि भवन निर्माण कार्य पनि तत्कालै अघि बढ्नेछ ।  जनक शिक्षा सामग्री केन्द्रले पश्चिम नेपालमा छिटो छरितो पाठ्यपुस्तक पु-याउनका लागि छापाखाना सञ्चालनमा ल्याउने भन्दै केही वर्षअघि भवन निर्माण गरेको थियो ।