• ८ जेठ २०८१, मङ्गलबार

निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु

blog

तानसेन, असार ३१ गते । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु भएको छ । 

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भटराईले गर्भमा रहेको बच्चाको अबस्था तथा आमाको स्वास्थ्य अवस्था बुझनका लागि अल्ट्रा साउण्ड अनिवार्य गर्नुपर्ने भएकोले यो सेवा बिस्तार गरेको बताउनुभयो । अध्यक्ष भट्टराइले गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले गर्भवती महिलाहरुलाई सेवा पुग्ने बताउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा रैनादेवी छहरा  गाउँपालिकाको सहकार्यमा छहरा स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रा साउन्ड सेवा विस्तार भएको छ । गाउँमै अल्ट्रा साउण्ड सेवा पाएपछि गर्भ परीक्षण गर्न आउनुभएकी छहरा– १ की बिष्णु भण्डारीले गर्नुभयो । उहाँ जस्तै सेवा लिन आउनुभएका महिलाहरु खुसी भएका छन् ।  गर्भवती महिलाहरुलाई अल्ट्रा साउण्ड गर्न सदरमुकाम तानसेन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

सुत्केरी हुन अघि गर्भवतीमा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने अल्ट्रा साउण्ड सेवाका लागि र बालवालिका सबै स्वास्थ जन्माउने उद्देश्यले यो सेवा बिस्तार गरेको छहरा स्वास्थ्य चौकी प्रमुख राकेश बस्नेतले जानकारी दिनुभयो । 

Author

बिन्दु थापा