• ७ जेठ २०८१, सोमबार

८० राउण्ड गोलीसहित एक पक्राउ

blog

लीलाराज खड्का

बिर्तामोड, असार २९ गते । झापाका बिभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न  भद्रपुुर नगरपालिका–५ का १८ बर्षिय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोली  प्रहरीले बरामद गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो ।  प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको   जनाएको  छ । उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गोली उनले भारतबाट ल्याएको वयान दिएका छन् ।