अमरराज नहर्की
तनहुँ, कात्तिक २४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शनिबार दुर्घटनामा परेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार अनुसार पृथ्वीराजमार्गमा दुलेगौंडाबाट खैरेनीटार जाँदै गरेको ग १ क १८४५ नम्बरको मिनिट्रकले बाटो क्रस गर्दै गरेकी पैदल यात्री ३७ वर्षीया देवी तिवारी पौडेललाई आइतबार साँझ ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी पौडेललाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार विश्वकर्माका अनुसार राति उपचारका क्रममा चिकित्सकले पौडेललाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा सङ्लग्न मिनिट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।