• १८ असार २०८१, मङ्गलबार

बेवारिसे शवको पहिचान खुल्यो

blog

फाइल तस्विर

शेरबहादुर राई

ओखलढुङ्गा, असार २५ गते । ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार विहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले बताउनुभयो । 

पारिवारिक स्रोतका अनुसार भुजेल चार दिनदेखि घरबाट बेपत्ता हुनुभएको थियो । भुजेलको शव सडेको अवस्थामा मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकावीच हुँदै बग्ने लिपेखोला दोभान मोलुङ गाउँपालिका–१ मा स्थानीयले फेला पारेका थिए । 

शवको मचुल्का गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।