• ८ असार २०८१, शनिबार

कर्णाली प्रदेशको बजेट आज पारित हुने

blog

सुर्खेत, असार २७ गते । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज (सोमबार) पारित हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति अनुसार झण्डै ६ अर्ब बराबरको बजेट संशोधनसहित पारित हुने भएको हो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीका अनुसार आज मुख्यमन्त्री कार्यालय, लोकसेवा आयोग, महान्यायाधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका विषयगत वार्षिक कार्यक्रममाथि छलफल हुने बताउनुभयो । 

उहाँका अनुसार ‘त्यसअघि अर्थमन्त्री, सामाजिक विकास मन्त्री र कृषि मन्त्रीले आफ्ना विषयगत कार्यक्रममाथि सांसदहरुले जवाफ दिनुहुने कार्यक्रम तय भएको छ ।’ ‘त्यसपछि बजेटमाथिका बारेमा मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिइसकेपछि बजेट पारितका लागि सभामुख राजबहादुर शाहीले निर्णयार्थ पेश गर्नुहुने कार्यसुचि रहेको छ ।’

Author

नविन सुवेदी