लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार
मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै विज्ञापन वितरणको बाटो खुला भएको हो ।
बागमती नदीमा डुबेर दुई पर्यटक बेपत्ता, एकको उद्धार
रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ ।
कोरोना जोखिम भत्ता माग
सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ताको माग गर्दै रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता नपाएको र दिनुपर्ने माग गर्दै आएका स्वास्थ्यकर्मीले शुक्रबार दुई घण्टा अस्पतालको ओपीडी सेवासमेत बन्द गराएका छन् । उनीहरूले बिहान ९ देखि ११ बजेसम्म प्लेकार्ड बोकेर अस्पतालअगाडि धर्ना दिँदै ओपीडी सेवा बन्द गरेका हुन् ।
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि भारतका ठूला सहरबाट फर्किने नेपालीमा पनि सङ्क्रमण देखिने क्रम बढ्दै गएको छ । भारतबाट आउनेमा फेरि कोरोना देखिन थालेपछि यहाँस्थित जमुनाह नाकामा आवागमन गर्नेमाथि फेरि कडा निगरानी सुरु गरिएको छ ।
पानी निकासको गुरुयोजना बन्दै
दमकमा सामान्य वर्षाको समयमा समेत बजार क्षेत्रलगायतका विभिन्न व्यस्त ठाउँहरू एकै क्षणमा जलाम्य बन्ने गरेको छ । पानीको उचित निकास नभएका कारण यो अवस्था आएको हो । सामान्य वर्षा हुँनासाथ सडकमा भेल बग्न थाल्ने र व्यवसायीहरूलाई पसलको सामान जोगाउन मुश्किल पर्ने व्यवसायीको साझा गुनासो छ ।
कोठाभित्रै छिर्छ भल
लहान नगरपालिका–१, मटिअर्वामा वर्षाको पानी सुत्ने कोठामा पसेपछि बिरामी ७० वर्षीया एकल दलित महिला सावित्रीदेवी दास समस्यामा पर्नुभएको शुक्रबार राति आँगनमा जम्मा भएको पानी सुत्ने कोठामा पसेपछि बिरामी परेकी सावित्रीदेवी कोठाबाट निस्कन पाउनुभएको छैन । घरआँगनमा दुई फिटभन्दा बढी पानी जम्मा भएर जलमग्न भएको छ ।
फोहोरको ग्यासबाट अटो सञ्चालन
धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ । फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो ।
तनहुँमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
तनहुँ, असार १९ गते । जिल्ला खेलकुद विकास समिति तनहुँद्धारा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाको १० वटै पालिकाका विद्यालयवाट विद्यार्थीहरुले भाग लिएको समितीका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, ताईगन्डो, उशु मा प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा नेकपा एमालेका नेता तथा प्रतिनिधी सभा सदस्य केदार सिग्देलले शनिबार उद्घाटन गर्नुुभएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दे प्रमुख अतिथी सिग्देलले खेलकुद मानव जीवनको अङ्ग भएको वताउनुभयो । देशलाई चिनाउने मूख्य माध्यम भनेको पनि खेलकुद भएको उल्लेख गर्दै सांसद सिग्देलले शरिर मात्र हैन मस्तिष्क पनि ताजा वनाउन मद्धत पुग्ने बताउनुभयो । ताजा मस्तिष्क र शरिरले नै जीवनमा परिवर्तन गर्ने हुदाँ खेलकुदको महत्व खेलकुद हरेकको जीवनमा अपरिहार्य भएको समेत उहाँले वताउनुभयो । खेलकुदको विविध आयाम विद्यार्थी जीवनवाट नै शुरु हुने र खेलकुदको माध्यामवाट समाज र देशको पहिचानमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदाँ विद्यार्थी जीवन देखी नै यसको प्रयोग हुुनुपर्ने सिग्देलको भनाई थियो ।
विकासमा विद्यार्थीसँग सहकार्य
खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धनमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने भन्दै शैक्षिक संस्थासँग सहकार्य गर्न थालिएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले पर्यटन प्रवद्र्धनका विविध उपायको खोजीका क्रममा विद्यार्थीसँग सहकार्य गर्न लागिएको हो ।
कृषि अनुदान र स्वास्थ्य उपकरण खरिद प्रक्रियाको छानबिन हुने
कृषि अनुदान वितरण र स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको विषय सार्वजनिक भएसँगै बागमती प्रदेश सभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७६÷७७ देखि वितरण गरिएको कृषि अनुदान वितरणमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले छानबिन उपसमिति गठन गरेर छानबिन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
कैैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गरिदैं
गत वर्ष कात्तिकमा आएको बाढीबाट धानबालीमा क्षति व्यहोरेका कैलालीका विपद् प्रभावित किसानलाई राहत वितरण गर्न थालिएको छ ।
चट्याङ लागेर किशोरीको मृत्यु
कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।
त्रियुगामा बाढीले विभिन्न स्थानमा तटबन्ध भत्कायो
उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि निर्माण गरिएको उच्च गुणस्तरको भनिएको तटबन्ध विभिन्न स्थानमा बाढीले बगाएको छ । सदरमुकाम गाईघाट हुँदै सप्तकोसीसम्म जोडिएको त्रियुगा नदी नियन्त्रण गर्न नेपाल सरकारले छुट्टै गुरुयोजना बनाएर काम गर्दैआएको छ ।
होमस्टेबाट महिलाको जीवनस्तरमा परिवर्तन
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । होमस्टे सञ्चालनमा सुरुका दिन स्मरण गर्दै अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतो गाउँघरमा महिलाको जीवनस्तरमा होमस्टेले ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।
बागलुङ नगरपालिकाले जित्यो राष्ट्रपति रनिङसिल्ड
बागलुङ नगरपालिका बागलुङले १० औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता जितेको छ । बागलुङका १० स्थानिय तह मध्य ८ पालिकाले खेलाडी पढाएका थिए ।
भेटियो चुनढुङ्गाको खानी !
खार्पुनाथ गाउँपालिका–१, सुनाखाडा र लालीबगर क्षेत्रमा चुनढुङ्गाको खानी रहेको अनुमान गरिएको छ । कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा चुनढुङ्गा निस्किएपछि त्यहाँ खानी भएको अनुमान गरिएको हो । नेपाली सेनाको कर्णाली कोरिडोर विकास निर्माण कार्यदलका सेनानी इन्जिनियर प्रेम खत्रीले उक्त क्षेत्रमा ठूलो परिमाणमा चुनढुङ्गाको खानी भेटिएको बताउनुभयो ।
आत्महत्याको डरलाग्दो तथ्याङ्क
महोत्तरीमा आत्महत्याका घटना दिनानुदिन डरलाग्दो रूपमा वृद्धि हुँदै गएका छन् । गएको दुई महिनाकै अन्तरालमा आठ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याको अवस्था झन् भयावह देखिएको छ । यस अवधिमा २२९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घटना दर्ता रहेको छ ।
दमकमा विशिष्टीकृत बाल अस्पताल चलाइने
झापाको दमकमा दमक विशिष्टीकृत प्रादेशिक बाल अस्पताल सञ्चालन हुनेभएको छ । सामुदायिक अस्पतालका रूपमा सञ्चालन हुने उक्त बाल अस्पतालका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाएको छ । दमक–७ स्थित रेडक्रस भवनमा सञ्चालन हुने बाल अस्पतालका लागि प्रदेश १ सरकारले तीन करोड रुपियाँ विनियोजन गरेको छ । ५० शैøयाको अस्पतालका लागि अहिले भएका संरचना र नयाँ संरचना बनाउनसमेत रेडक्रसले ३० वर्षका लागि निःशुल्क रूपमा उपलब्ध गराउने बताइन्छ ।
लुम्बिनी प्रदेशले स्थानीय मदिराको बजारीकरण गर्ने
लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेयपदार्थ (स्थानीय रक्सी) को बजारीकरण गर्ने तयारी गरेको छ । कोदो, मौवा, अनदी, कुरीलोबाट पेय पदार्थ उत्पादन गरि त्यसको बजारीकरण गर्ने भएको हो ।
छोडेन असारे विकासले
असार लागेपछि मात्रै बल्ल विकास निर्माण, गोष्ठी, भेला गर्ने चटारो सरकारी निकायमा सुरु हुन्छ । निर्माण व्यवसायीलाई पनि असारमा काम नसके भुक्तानी नहुने भएपछि असारे कामको चटारोले छोप्छ ।असारे कामको चटारो यो पटक पनि प्रायः सबै विकासे अड्डामा देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी चटारो सडकको काम गर्ने सरकारी निकाय र ठेकेदारलाई छ ।
पाँचथरमा पहिरोले पुरिएर तीन जना बेपत्ता
लगातार परेको पानीका कारण पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिन स्थित रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
‘जोखिम क्षेत्र पहिचान गरेर पूर्वतयारीमा लागौँ’
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट आइपर्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । शुक्रबार बन्दिपुरस्थित कमला नदीको ब्यारेजमा आयोजित प्रदेशस्तरीय विपत् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो । मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा आयोजित सुरक्षा निकायहरूले विपत् प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको अवलोकनका क्रममा मुख्यमन्त्री राउतले बताउनुभयो ।
विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत
कैलालीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ स्वीकृत भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले प्रतिकार्य योजना स्वीकृत गरेको हो ।
प्रदेश सरकार परिवर्तनको तयारी
बागमती प्रदेश सरकारको नेतृत्व सहमतिअनुसार परिवर्तन नभएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसले हस्ताक्षर सङ्कलन गरेका छन् । गठबन्धनका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले माथिको निर्देशनमा मात्र मुख्यमन्त्री छाड्ने बताएपछि माओवादी केन्द्र र कांग्रेसका प्रदेश सभा सदस्यको हस्ताक्षर सङ्कलन बुधबारबाट सुरु गरिएको हो ।