• १३ साउन २०८१, आइतबार

पाँचथरमा पहिरोले पुरिएर तीन जना बेपत्ता

blog

पहिरोले पुरिएको क्षेत्र र उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय । तस्बिरः नरेन्द्रकुमार केरुङको फेसबुकबाट

पाँचथर, असार १८ गते । लगातार परेको बर्षाका कारण पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिन रातमाटेस्थित रुपलाल मगरको घर पहिराले बगाउँदा ४५ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा उनकी श्रीमती ४५ वर्षीया गोमा मगर र १९ वर्षीया नातिनी भतिजी एलिसा मगर रहेको प्रहरीले जनाएको छ । घरमा रहेका चार जनामध्ये रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर सुरक्षित भएकाे जानकारी प्राप्त भएकाे छ । शुक्रबार राति गएको पहिरोले रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

घटनास्थलमा उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । 

Author

नारायण तुम्वापो