सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको बैठक दोस्रो पटक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रदेश सभा सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको हो ।
धान रोप्न छाडेर मल माग्दै किसानहरु सडकमा
धान रोपाइँको समयमा रासायनिक मलको अभाव भएपछि सिरहाका किसानहरु सहज रुपमा मलखादको आपूर्तिको माग गर्दै सडक प्रदर्शनमा उत्रेका छन् । गहुँ र चैते धानको समयमा रासायनिक मलको आपूर्ति हुन नसक्दा मार खाएका किसानलाई धान रोपाइँको समयमा पनि रासायनिक मलको अभाव भएपछि सम्बन्धित निकाय र सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको अखिल नेपाल किसान महासंघका सिरहा इन्चार्ज रामकुमार साहले बताउनुभयो ।
जिसस तनहुँको प्रमुखमा पुनः वाग्ले
जिल्ला समन्वय समिति तनहुँमा सत्तारुढ दलहरुको गठबन्धन उम्मेदवारको विजय सूनिश्चित भएको छ । गठबन्धनको मात्रै उ्रम्मेदवारी परेपछि जीत निश्चित भएको हो । नौ सदस्यीय समितिका लागि नेपाली कांग्रेसले प्रमुख र पाँच सदस्य गरी ६ जना र माओवादी केन्द्रबाट उपप्रमुख र दुई सदस्य गरी तीन जनाको उम्मेदवारी परेको छ ।
भरतपुर व्यवस्थित गर्ने काम सुरु भइसक्यो: दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोरएरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भई सकेको बताउनु भएकोछ ।
तम्घासमा तीन करोडमा पुस्तकालय निर्माण
तम्घास, असार १२ गते । तम्घासमा सुबिधा सम्पन्न पुस्तकालय भवनको उद्घाटन भएको छ । शनिवार नवनिर्मित किरण पुस्तकालयको भवन उद्घाटन भएकाे छ । पुस्तकालयलाई थप ब्यबस्थित बनाउनका लागि थप बजेटको ब्यबस्थान गर्न आफूले पहल गर्ने भन्दै पुस्तकालयलाई आधुनिक बनाउदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । बर्तमान समयमा पुस्तकालयलाई ब्यबस्थित बनाउँदै लगेमा सूचना तथा सञ्चारको भूमिका समेत पुस्तकालयले निर्वाह गर्ने उहाँको भनाई छ । कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्र रहेको पुस्तकालयलाई ब्यबस्थित र प्रभावकारी बनाउनका लागि नगर सधै साथमा रहेको बताउनुभयो । उहाँले नगरको नीति तथा कार्यक्रममा समेत समाबेस गरी अगाडि बढेकाले कुनै कमि हुन नदिने उद्घोष गर्नुभयो ।राष्ट्रिय पुन निर्माण प्राधिकरणको भ्याट वाहेक दुई करोड ९१ लाख ५२ हजार १७३ रुपियाँको लागतमा चार तले सुबिधा सम्पन्न भवन निर्माण भएको हो । २०५५ सालमा स्थापना भएको किरण पुस्तकालयले विगत लामो समयदेखि पाक्षिक रुपमा हाम्रो पुरुषार्थ नामक पुस्तक प्रकाशनमा ल्याउँदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।
चालीस घरधुरीलाई एउटा धारो
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका मुसहर समुदाय खानेपानीका लागि वर्षाको मौसममा समेत सास्ती व्यहोर्न बाध्य छन् ।चालीस घरपरिवार गाउँको बीचमा रहेको एउटा खानेपानीको धाराबाट दैनिक गुजारा टार्नुपर्ने अवस्था रहेको छ । स्थानीय गङ्गा सदाले ४० घरपरिवारका लागि एउटा मात्र धारो हुँदा कहिलेकाहीँ खानेपानीका लागि स्थानीय बासिन्दाबीच झगडासमेत हुने गरेको सुनाउनुहुन्छ ।
छतबाट खसेर महिलाको मृत्यु
घरको छतबाट खसेर महोत्तरीको गौशालामा एक महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका– ५ एक घरमा डेरा गरि वस्दै आएका जलेश्वर नगरपालिका–४ सुगा घर भएको २६ वर्षीया पुनम महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो ।
बिरामी ओसार्न झोलुङ्गोकै भर
भौगोलिक हिसाबले विकट रहेका सर्लाहीको चुरे क्षेत्रका बस्तीमा गाडी चल्न छाडेपछि बिरामी बोक्नका लागि झोलुङ्गोको प्रयोग गर्न थालिएको छ । बाढी आएर खोलाको बाटोमा गाडी नचल्दा यहाँका स्थानीय बिरामी पर्दा अस्पतालसम्म आउनका लागि झोलुङ्गोको भर पर्न बाध्य भएका हुन् । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ ।
बढ्यो चिनीको तस्करी
भारतले चिनी निर्यातमा रोक लगाएसँगै दैनिक रूपमा अवैध चिनी नेपालगञ्जमा भित्रिने गरेको पाइएको छ । राजस्व छली गरी नेपाल–भारत सीमा नाकाबाट चिनी तस्करी अत्यधिक बढेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्रिँदै गरेको ठूलो मात्राको चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ ।
प्राथमिकतामा पूर्वाधार विकास
सुर्खेत जिल्लाका नौवटा पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । बजेट आकारका हिसाबले वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो झन्डै दुई अर्बको बजेट ल्याएको छ । चिङ्गाड गाउँपालिकाले सबैभन्दा कम ३९ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ । प्रायः पालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, विद्युतीकरणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् ।
पुल संरचना भाँचियो
दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो । पालिकाका सबइन्जिनियर सरोज खड्काले भन्नुभयो, ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको हो ।
वर्षाले कैलालीको मध्य–पूर्वी क्षेत्रका किसानलाई राहत
रोपाइँ गरेको खेतमा धाँजा फाटिसकेको थियो । रोपिएको धान सुक्न थालेको थियो । लामो खडेरी भएपछि कतिपय किसानले बीचमै रोपाइँ गर्न रोकिइसकेका थिए । शनिबार विहान यस क्षेत्रमा पानी परेपछि यहाँका किसानलाई ठूलो राहत भएको छ ।
जोखिम मोलेर कान्द्रा नदीमा स्थानीयको ओहोरदोहोर
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा जोखिम मोलेर स्थानीयहरु ओहोरदोहोर गर्न बाध्य छन् । शनिबार नदीमा बाढी आएपछि जोखिम मोलेर नदी वारपार गर्नुपर्ने दुःखको दिन सुरु भएको स्थानीयले बताएका हुन् ।
रेलवे प्रभावितलाई मुआब्जा दिन आग्रह
झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले रेलवे प्रभावितहरुको मुआब्जा दिन र कृषककालागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरुको वैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् । कृषकका लागि मल अभाव, विपद्को पूर्व तयारी, रेलवे प्रभावितका समस्या, बिर्तामोडको बुधबारे हटियाको समस्या, चिया क्षेत्रका समग्र समस्या, सन्थाल समुदायको पहिचान र अस्तित्वको छलफल भएको हो ।
स्थानीय गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्दै रोङ गाउँपालिका
इलामको रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्ने भएको छ । अधिकांश कृषि पेशामा आश्रित रहेका गाउँपालिकाका नागरिकको जिवनस्तर उकास्न गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने गुन्द्रुक सिन्कीको ‘ब्राण्डीङ’ गर्न लागेको हो ।
पाल्पाका दश वटै पालिकाले ल्याए बजेट तथा कार्यक्रम
पाल्पाका दश वटै पालिकाले आव २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट पेश गरेका छन् । जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ ।
गुल्मीका १२ वटै स्थानीय तहको बजेट सार्वजनिक
गुल्मीका १२ वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाले कुल ६७ करोड ४७ लाख ५७ हजार बजेट विनियोजन गरेको हो ।
बैतडीका स्थानीय तहको बजेट पाँच अर्ब ३५ लाख
बैतडीको चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच अर्ब ३५ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएका छन् । शुक्रबार सम्पन्न गाउँसभा तथा अधिवेशबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन् ।
बाँकेको ढकेरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित पूर्वपश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
बाँकेमा ५४ हजार बालबालिकाले कोभिड खोप लगाए
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिड विरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
म्याग्दीका स्थानीय तहको बजेट ३ अर्ब ८३ लाख ४६ हजार
म्याग्दीका ६ वटा स्थानीय तहले आगमी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट पारित गरेका छन् । शुक्रबार सम्पन्न गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका,मंगला,मालिका,धबलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट ३ अर्ब ८३ लाख ४६ हजार रुपियाँ बराबरको बजेट पारित गरेका हुन ।
विद्यालयलाई एक रोपनी जग्गा दान
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका एक समाजसेवीले विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नभएको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी सुकमाया पन्दाक लिम्बूले स्थानीय इन्द्रावती आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।
ताप्लेजुङका स्थानीय तहको बजेट साढे तीन अर्व बढी
ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्व बढी बजेट ल्याएका छन् । जिल्ला नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि उक्त बजेट र आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत
प्रदेश १ अन्तर्गतका अधिकांश पालिकाहरूले आर्थिक वर्ष २०७९/०८० का लागि आज नीति तथा कार्यक्रसहितको बजेट प्रस्तुत गरेका छन् । बजेटमा आ–आफ्नो आवश्यकता र औचित्यका आधारमा कार्यक्रम ल्याइएको छ । कतिपय पालिकामा चालू योजनालाई निरन्तरताका साथै केही लोकप्रिय नारासहितका कार्यक्रम अघिसारिएको पाइएको छ ।