• १६ चैत २०८०, शुक्रबार

जिसस तनहुँको प्रमुखमा पुनः वाग्ले

blog

अमरराज नहर्की

तनहुँ, असार १२ गते । जिल्ला समन्वय समिति तनहुँमा सत्तारुढ दलहरुको गठबन्धन उम्मेदवारको विजय सूनिश्चित भएको छ । गठबन्धनको मात्रै उ्रम्मेदवारी परेपछि जीत निश्चित भएको हो । नौ सदस्यीय समितिका लागि नेपाली कांग्रेसले प्रमुख र पाँच सदस्य गरी ६ जना र माओवादी केन्द्रबाट उपप्रमुख र दुई सदस्य गरी तीन जनाको उम्मेदवारी परेको छ ।  

समन्वय समितिको प्रमुखमा कांग्रेसको शान्तिरमण वाग्ले, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) को वासुदेव थापाको मात्रै उम्मेदवारी परेको छ । प्रमुखका उम्मेदवार वाग्ले समितिको निवर्तमान प्रमुख हुनुहुन्छ । खुला सदस्यहरुमा  कांग्रेसका चिरञ्जिवी ढकाल र नेत्र गुरुङ र माओवादी केन्द्रका खेमलाल भण्डारी चयन हुनुभएको छ । 

महिला सदस्यमा नेपाली कांग्रेसका पानकुमारी खाँड र तिलादेवी राना आले र माओवादी केन्द्रको लक्ष्मी गुरुङको उम्मेदवारी परेको छ । दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका डोलबहादुर सुनारको उम्मेदवारी परेको छ । कांग्रेस माओवादी केन्द्रको तर्फबाट आवश्यक नौ जनाको मात्रै उम्मेदवारी परेकाले जीत निश्चित भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । असार १३ गते समन्वयको निर्वाचन तोकिएको छ । 

जिल्लामा समन्वय समितिमा कुनै पार्टीको एकल बहुमत नभएकाले गठबन्धन गरिएको दलका नेताहरुले बताउनुभएको छ । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १० पालिकाका २० मतदाता छन् । 

स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेस एक्लेलै बहुमत पु¥याउन सकेन । बहुमतका लागि एक सिटको अभाव भएकाले कांग्रेसले गठबन्धन गर्नुपरेको बताएको छ । तनहुँमा कांग्रेसका १०, माओवादीका ४, एमालेका ६ जना मतदाता छन् । कांग्रेस र माओवादी मिलेर स्पष्ट बहुमत पुगेको अन्य दलको उम्मेदवार नपरेको हो । गत २०७४ मा कांग्रेसले जिससमा एकल बहुमत हुँदा आफ्नै समिति मात्रै बनाएको थियो । कांग्रेसले जिसस प्रमुखमा निवर्तमान जिसस प्रमुख वाग्लेलाई दोहो¥याएको छ ।