• १२ वैशाख २०८१, बुधबार

बाँकेको ढकेरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

blog

दुर्घटनामा परेको मोटरसाइकल । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असार ११ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित पूर्वपश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले भे. ११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर २ की २८ वर्षीय दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक तथा मृतक खत्रीका श्रीमान् ३५ वर्षीय दिलबहादुर कटुवाल घाइेत हुनुभएको छ । घाइते कटुवालको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । 

ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिकाका २८ वर्षीय नवीन आचार्य र ट्रकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको कोहलपुर प्रहरी कार्यालयका डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो  ।