• १२ वैशाख २०८१, बुधबार

गुल्मीका १२ वटै स्थानीय तहको बजेट सार्वजनिक

blog

तिलाचन पाण्डे

तम्घास, असार ११ गते । गुल्मीका १२ वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिकाले  कुल  ६७ करोड  ४७ लाख ५७ हजार बजेट विनियोजन गरेको हो ।

चालूतर्फ ४० करोड १० लाख ४६ रहेको छ भने पुँजीगतमा २७ करोड ३७ लाख १० हजार बजेट विनियोजन गरेको नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो ।

बजेटमा कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकताका साथ राखिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको रेसुंगा नगरपालिकाले कुल ८० करोड ७६ लाख १८ हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास, भौतिक पूर्वाधार, आर्थिक विकास, सुुशासन र वातावरण तथा विपद व्यवस्थापनका लागि प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।

समुन्नत रेसुंगा हाम्रो शान, उत्कृष्ट नगर सबैको पहिचान भन्ने नीतिलाई नगरले प्राथमिकताका साथ राखेको छ ।

यस्तै, कालीगण्डकी गाउँपालिकाले ५० करोड ११ लाख ८४ हजार बजेट विनियोजन गरेको छ । जसमा चालूतर्फ ३६ करोड २२ लाख ४६ हजार रहेको छ भने पुँजीगत तर्फ १३ करोड ८८ लाख ८९ हजार रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।

चन्द्रकोट गाउँपालिकाले ५० करोड  ७९ लाख ६५ हजार बजेट विनियोजन गरेको छ । जसमा चालूतर्फ ३२ करोड २३ लाख ३० हजार र पुँजीगततर्फ १८ करोड ५६ लाख ३५ हजार रहेको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिनुभयो ।

गुल्मीदरबार गाउँपालिकाले ४६ करोड ७८ लाख ४ हजार बजेट ल्याएको छ । जसमा ३४ करोड १३ लाख ५४ हजार र पुँजीगत तर्फ १२ करोड ६४ लाख ७० हजार बजेट रहेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

मदाने गाउँपालिकाले ५९ करोड ७६ लाख ७९ हजार बराबरको बजेट पेश गरेको छ । 

धुर्कोट गाउँपालिकाले ५८ करोड ४५ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । उक्त बजेट शुक्रबार गाउँपालिका उपाध्यक्ष सीता गिरीले गाउँसभामा प्रस्तुत गर्नभएको हो  ।