• २८ वैशाख २०८१, शुक्रबार

तम्घासमा तीन करोडमा पुस्तकालय निर्माण

blog

नवनिर्मित किरण पुस्तकालयको भवन । तस्विर : तिलाचन पाण्डे

तम्घास, असार १२ गते । तम्घासमा सुबिधा सम्पन्न पुस्तकालय भवनको उद्घाटन भएको छ । शनिवार  नवनिर्मित किरण पुस्तकालयको भवन उद्घाटन भएकाे छ । 

पुस्तकालयलाई थप ब्यबस्थित बनाउनका लागि थप बजेटको ब्यबस्थान गर्न आफूले पहल गर्ने भन्दै पुस्तकालयलाई आधुनिक बनाउदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । बर्तमान समयमा पुस्तकालयलाई ब्यबस्थित बनाउँदै लगेमा सूचना तथा सञ्चारको भूमिका समेत पुस्तकालयले निर्वाह गर्ने उहाँको भनाई छ । कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्र रहेको पुस्तकालयलाई ब्यबस्थित र प्रभावकारी बनाउनका लागि नगर सधै साथमा रहेको बताउनुभयो । उहाँले नगरको नीति तथा कार्यक्रममा समेत समाबेस गरी अगाडि बढेकाले कुनै कमि हुन नदिने उद्घोष गर्नुभयो ।

राष्ट्रिय पुन निर्माण प्राधिकरणको भ्याट वाहेक दुई करोड ९१ लाख ५२ हजार १७३ रुपियाँको लागतमा चार तले सुबिधा सम्पन्न भवन निर्माण भएको हो । २०५५ सालमा स्थापना भएको किरण पुस्तकालयले विगत लामो समयदेखि पाक्षिक रुपमा हाम्रो पुरुषार्थ नामक पुस्तक प्रकाशनमा ल्याउँदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।

Author

तिलाचन पाण्डे