चिटिक्क बनाइँदै टुँडिखेल
तानसेन नगरपालिकाले पाल्पा टुँडिखेल चिटिक्क र आकर्षक बनाएको छ । टुँडिखेल सुधार योजनाअन्तर्गत नगरपालिकाको प्राङ्गणसँगै टुँडिखेल मर्मत सम्भार तथा सुधार गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित ज्येष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ सो काम थालनी गरेको थियो ।
करार कर्मचारीलाई हाजिर गर्न रोक
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कार्यालयमा काम गर्नबाट रोक लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै साउन १ गतेबाट काममा हाजिर नहुन भनेको छ । घोडाघोडी नगरपालिकाका विभिन्न शाखा, उ
मलबिनै धान रोपाइँ गरिँदै
महोत्तरी, असार १५ गते । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भन्नुभयो । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउनुहुन्छ । “मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उहाँले भन्नुभयो । मल नपाएकामा भने उहाँको दुःखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो । यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउनुहुन्छ । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।
‘अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुँदैन’
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न नहुने बताउनुभयो ।
पहिरो हटाएपछि सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी सञ्चालन
अविरल वर्षाले ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ । सडक डिभिजन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालय पाल्पाको पहलमा सडकमा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ ।
मुआब्जा र मल दिन आग्रह
झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले रेलवे प्रभावितको मुआब्जा दिन र कृषकका लागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरूको बैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
खोला दोहन नरोकिए बस्ती जोखिममा
प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले चिसाङ खोलाको दोहन नियन्त्रण गर्न नसके खोला किनारका बस्ती उच्च जोखिममा पर्ने बताउनुभएको छ । सोमबार मोरङको बेलबारी–१०, चिसाङ खोला पश्चिम किनार संरक्षण तथा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार खोप सुरु भएको चार दिनमा बाँकेका आठ स्थानीय तहका ९५.५ प्रतिशत बालबालिकाले खोप लगाएको स्वाथ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
अवैध उत्खनन रोक्न ध्यानाकर्षण
महोत्तरी जिल्ला भएर बग्ने नदी तटीय क्षेत्रमा भइरहेको अनियन्त्रित र अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिलाई महìवपूर्ण भूमिका खेल्न ध्यानाकर्षण गराइएको छ । नवनिर्वाचित जिससका प्रमुखलगायत पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा सरिक भएका सरोकारवालाले अनियन्त्रित र अवैध खोला उत्खनन कार्यलाई नियन्त्रण गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।
बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास
‘धेरै दिनपछि बोक्सी आज एक्लै फेला परी । यसलाई मलमूत्र नखुवाई छाड्दैनौँ भन्दै मेरो दुवै हात समाएर भुइँमा लडाएर मुखमा मलमूत्र खुवाउने प्रयास भयो । मैले मुख खोलिन । मुख नखोल्दा दुवै गालामा मुक्काले हिर्काई बेहोस बनाए । बोतलमा ल्याएको मलमूत्र जीउभरि छर्किदिए, आफूमाथि बोक्सीको आरोपमा मलमूत्र खुवाउने प्रयास भएको घटना सुनाउँदै अतिकादेवी कामतले भन्नुभयो ।
स्याङ्जा–पर्वत सडक कालोपत्रे
पूर्वाधार विकास कार्यालय स्याङ्जाले जिल्लाभित्रका तीन सडकको २०.५ किलोमिटर कालोपत्रे गरेको छ । गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र सडकअन्तर्गत क्षेत्र नम्बर १ ‘क’को घुम्ती चिसापानी, ‘ख’को नागडाँडा कार्कीनेटा र क्षेत्र नम्बर २ को गल्याङ र चापाकोट खण्ड कालोपत्रे गरिएको हो ।
शिवराज नगरका तीन हजार बढी युवा वैदेशिक रोजगारमा
कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्याङ्क पाइएको छ । नगरपालिकाले तयार पारेको वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्याङ्कअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ ।
सडक निर्माणमा लापरबाही
सडक निर्माणसँग सम्बन्धित निकायको चरम लापरबाहीका कारण चार महिनामा सक्नुपर्ने काम १५ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन । दाङ जिल्लाको मुख्य बजारकैै सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती बेहोर्नु परेको छ ।
जबज र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपाल, रूपन्देही शाखाले सोमवार तिलोत्तमामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभयो ।
विपतको तयारीमा जुटन स्थानीय तहलाई आग्रह
बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट वच्न झापाका स्थानीय तहलाई तयारी थाल्न जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले झापाका १५ वटै स्थानीय तहलाई विपद तयारी थाल्न आग्रह गरेको हो ।
कुटपिट गर्ने तीन भारतीय लुटेरा पक्राउ
कैलालीमा सरकारी कर्मचारीलाई निर्घात कुटपिट गरी गाडी लुटेर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई सोमबार बिहान तीन भारतीयले लुटपाट गरेका थिए ।
गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट
कैलालीमा एक सरकारी कर्मचारीलाई भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।
नेपालगञ्जमा अत्याधुनिक वाल पार्क बन्दै
नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीमा आकर्षक वाल पार्क निर्माण भई सञ्चालनमा आउनेभएको छ । सुन्दर वाटरपार्क र धम्बोझी माविसँगै जोडिएको यो पार्क सञ्चालनमा आएपछि नेपालगञ्जमा अर्को पर्यटकीय क्षेत्र थपिनेछ ।
बोराभित्र मानिसको शव भेटियो
झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४५ उमेर समूहको लाग्ने युवकको लाश आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
कला र सम्पदामैत्री नगर
अमरराज नहर्कीतनहुँ, असार १३ गते । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गरेको छ । ‘विविधतायुक्त गाउँ सहर, समृद्ध हाम्रो व्यास नगर’ भन्ने नारासहित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाद्वारा आयोजित ३५औँ नगर सभा तथा अधिवेशनमा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि कुल एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक बजेटमध्ये चालू खर्चतर्फ ८६ करोड ५५ लाख छ हजार र पुँजीगततर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ । नगर सभामा प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कुल बजेटमध्ये चालूतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको बताउनुभयो । नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले जानकारी दिनुभयो । प्रस्तुत बजेटमा व्यासलाई कला र सम्पदामैत्री नगर बनाइने उल्लेख गरिएको छ । ‘कलात्मक र सम्पदामैत्री व्यास नगर’ को अवधारणाअनुरूप प्राचीन एवं परम्परागत शैलीका सांस्कृतिक पहिचान झल्कने घर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याइएको हो । पर्यटकीय एवं ऐतिहासिक महìवका स्थलको संरक्षण र संवद्र्धनका लागि कानुनको तर्जुमा गर्ने नीति अघि सारेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । व्यास नगरलाई ताररहितको नगर निर्माण गर्न सम्बन्धित निकायसँंग समन्वय गरी भूमिगत विद्युत् लाइन विस्तार एवं तार व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरभित्रका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक स्थलको पहिचान गरी पर्यटन क्षेत्रको संरक्षण एवं विकासका लागि कानुन निर्माण गरी कार्यन्वयनमा ल्याइने नीति नगरपालिकाको छ । पर्यटकीय पूर्वाधारको विकास गर्दा मौलिक संस्कृतिको संरक्षण पुराताìिवक महìवका धार्मिक, सांस्कृतिक, ऐतिहासिक मठमन्दिर, गुम्बा र गुफालगायतका नगरवासीका मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाभित्रका होटल र होमस्टेलाई स्वच्छ तथा सफा सुग्घर राख्दै पर्यटनमैत्री बनाउन सहयोग गरिनेछ । व्यास नगरपालिकाभित्र रहेकोे व्यासको जन्मभूमि महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने र गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण गर्ने लक्ष्य रहेको सिग्देलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सिग्देलका अनुसार ऐतिहासिक तनहुँसुर दरबार, भगवतीपानी, मानहुँकोट, गलेखामकोट, कालिका, शहीद जङ्गल पार्क, क्यामिन कालिका, कुर्लुङकोट, ऊँ सिद्धेश्वरी महादेव, छाङ्गा वाराही, देवीडाँडा, स्वामी पार्क, हात्तीगौँडा गुफा, पोखरीभञ्ज्याङ कालिकालगायतका टाकुरा तथा मन्दिरहरूको संरक्षण एवं संवद्र्धन गरी ‘टाकुरा पर्यटन सञ्जाल’ का रूपमा विकास गर्ने नगरपालिकाले नीति लिएको छ ।
जोखिम क्षेत्र यकिनदेखि उद्धार तयारी
सामान्य वर्षाकै कारण मोरङको केराबारी गाउँपालिका–१ का सातघरमा बाढीले क्षति पु-यायो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छ घरमा आंशिक र एक घरमा पूर्ण क्षति भएको छ । गत वर्ष कात्तिक १, २ र ३ गतेको वर्षापछि मोरङमा बाढी, डुबान तथा कटानले ६४ करोड रुपियाँ बराबरको क्षति पु-याएको तथ्याङ्क जिल्ला विपत् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेको छ । क्षति बेहोर्ने नागरिकले अहिलेसम्म राहत भने पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी दाहालले राहतका लागि गरिएको सिफारिसअनुसारको बजेट प्राप्त भइनसकेको जानकारी दिनुभयो ।
उम्मेदवारले बुझाएनन् खर्च विवरण
सर्लाहीमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका अधिकांशले चुनावको खर्च विवरण बुझाएका छैनन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाभर छ हजार २४६ जना उम्मेदवारमध्ये ९८ जनाले मात्रै जिल्ला निर्वाचन कार्यालयमा चुनावको खर्च विवरण पेस गरेका छन् ।
पर्यटकको रोजाइमा सन्सारी सिमसार (फोटोफिचर)
स्थानीयहरुको सकृयतामा बिभिन्न दाताको सहयोगमा यो क्षेत्रले आफ्नो रुप फेर्ने सफल भएसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास भएको सन्सारी सिमसारका संस्थापक सदश्य श्यामप्रकास राई बताउनुहुन्छ ।
प्रदेशको बजेटप्रति सांसद असन्तुष्ट
लुम्बिनी प्रदेशका सभासद्हरूले लुम्बिनी प्रदेशको समृद्धिमा योगदान पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी प्रदेश सभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको छलफलमा सभासद्हरूले प्रदेश सरकारले ल्याएको बजेटले लुम्बिनी प्रदेशको समृद्धिमा जोड नदिएको तर्क गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै सांसद युवराज खनालले आफूहरूले माग गरेभन्दा फरक खालको बजेट आएको भन्दै यस प्रकारको बजेटले प्रदेशको समृद्धिमा योगदान पुग्न नसक्ने बताउनुभयो ।