१३ असार २०७९, सोमबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
१३ असार २०७९, सोमबार
३ वर्ष पहिले
बिर्तामोड, असार १३ गते । झापाको अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४५ उमेर समूहको लाग्ने युवकको लाश आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
अनुहारमा चोटले नचिनिने अवस्था भेटिएको र ३÷४ दिन पहिलेकै जस्तो भएकोले शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको कुँवरले जानकारी दिनुभयो ।
आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हालसम्म प्रहरीकोमा कोहीपनि हराएको भनेर निवेदन समेत नआएको प्रहरीको भनाई छ ।
लीलाराज खडका