• १० मंसिर २०८१, सोमबार

गाउँपालिका कर्मचारीमाथि निर्घात कुटपिट

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार १३ गते । कैलालीमा  एक सरकारी कर्मचारीलाई  भारतीय नागरिकहरुले निर्घात कुटपिट गरेका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई तीन भारतीयले लुटपाट गरी बाँधेर बाटोमा अलपत्र छोडेका हुन् ।

महेन्द्रनगरबाट भण्डारीको गाडीमा लिफ्ट मागेर आएका भारतीय लुटेराले गोदावरी ५ मा आइपुगेपछि भण्डारिलाई आक्रमण गरेका थिए । निर्घात कुटपिटपछि बाँधेर सडकमा छाडेर हिँडेको प्रहरीले जनाएको छ । उनीहरुले भण्डारीको निजी सवारी पनि लगेका छन् ।

पीडितकाअनुसार महेन्द्रनगरबाट लिफ्ट दिएर ल्याएको व्यक्तिले रोकेर फोटो खिच्न आग्रह गरेपछि गाडी रोकेका थिए । त्यसपछि आफूलाई हातमुख बाँधेर ढुंगाले हानेको र गाडी लगेर गएको भण्डारीले प्रहरीलाई जानकारी गराउनुभएको छ ।

हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । घाइते भण्डारीको पद्मा  अस्पतालमा उपचार भइरहेको छ । लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।