एघार हजार नाघे डेङ्गु सङ्क्रमित
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेशका १३ जिल्लामा ११ हजार ३२८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
अस्पतालले औषधी व्यवस्था गर्दै
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागार्ईं स्मृति अस्पतालले थप ४० लाख रुपियाँ बराबरको आवश्यक औषधी व्यवस्था गर्ने भएको छ । अस्पताल प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठका अनुसार बिरामीको सहजका लागि अस्पताल क्षेत्रमा सञ्चालित औषधी पसलमा सशुल्कका तीन सय थरी औषधी व्यवस्था गर्न लागिएको छ ।
उन्नत जातको आलु उत्पादन
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा उन्नत रोजिटा जातको पिबिएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसमा यस्तो प्रविधिबाट शैलुङमा दोस्रो पटक आलुको बिउ उत्पादन गरिएको हो । यसअघि गएको वर्ष पनि सो प्रविधिबाट आलुको बिउ उत्पादन गरिएको थियो ।
सुनचाँदी नगदसहित भारतीय नागरिक पक्राउ
इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार राती भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका( ७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो ।
चित्लाङमा साहसिक खेल प्याराग्लाइडिङ
मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो । थाहा नगरपाललिका–९ को चन्द्रगिरि डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ । बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान भर्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौँ उपत्यका, हिमशृङ्खला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताउनुभयो । कम्पनीले रामेछाप, पोखरा, सुर्खेत, दाङलगायतका स्थानमा विदेशी र नेपालीलाई लक्षित ग
वर्षासँगै हिउँदयाम सुरु
नेपालमा यो वर्षको हिउँदे वर्षासँगै हिउँद याम सुरु भएको छ । आइतबार रातिदेखि पश्चिमी वायु सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजिन श्रेष्ठले उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । सो हिमपातसँगै देशव्यापी रूपमा चिसो बढेको बताउनुभयो ।
जनगणनामा दलितको सही तथ्याङ्क नआएको गुनासो
राष्ट्रिय जनगणना २०७८ प्रतिवेदनमा दलितको वास्तविक तथ्याङ्क आउन नसकेको भन्दै दलित अगुवाहरूले आपत्ति जनाउनुभएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँको आयोजना तथा राष्ट्रिय सरोकार नागरिक अभियानको सहकार्यमा आज यहाँ भएको कार्यक्रममा उहाँहरूले आपत्ति जनाउनुभएको हो ।
गोरखापत्र र त्रिवि पुस्तकालयबिच १० बुँदे समझदारी
नेपालको जेठो प्रकाशन गृह गोरखापत्र संस्थान र देशकै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबिच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जना पक्राउ
अमेरिकी डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एनसेलको शेयर खरिद-बिक्री शङ्काको घेरामा
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद-बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।
भत्तालाई सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने
सरकारले मासिकरुपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा भत्ता मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
इयूको कालो सुचीबाट नेपालको हवाई उडान क्षेत्र नहट्नुमा नेपाल एयरलाइन्सको दोष छैन : प्रवक्ता पौडेल
नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयू) ले कालो सूचिबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।
एक सय जना मोतीबिन्दु रोगीको निःशुल्क शल्यक्रिया
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट भेटिएका करिब एक सय जना मोती विन्दु रोगीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
पोर्चुगल पठाउने भनी साढे सात लाख ठगी गर्ने पक्राउ
पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा साढे दुई करोड कारोबार
‘नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिब साढे दुई करोडको कारोबार भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमबार (आज) सम्पन्न पाँच दिने मेलामा करिब साढे दुई करोडको कारोबार र करिब २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् ।
चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ ।
उपत्यकामा चिसो, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर मौसम बद्ली भएको छ ।
प्रहरीलाई घुस दिन खोज्ने एक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
नेप्से परिसूचक घट्यो
सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज -नेप्से_ परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ ।
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’
चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नम्बर २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो ।
मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता हुने
नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल र युएसएआइडीबिच नयाँ सहकार्य
नेपाल सरकार र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)ले संयुक्त रुपमा नयाँ कार्यक्रमको सुरुवात नेपालमा गरेको छ ।
काठमाडौंमा चिसो बढ्यो
काठमाडौं उपत्यकामा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । आज (सोमबार)बाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।
क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो ।