• २ असार २०८१, आइतबार

उपत्यकामा चिसो, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात

blog

हुम्लामा आइतबार रातिदेखि भएको हिमपात । हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । तस्बिरः दाने बोहरा/रासस

काठमाडौं, मङ्सिर १८ गते । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर मौसम बद्ली भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसम विज्ञ शान्ति कँडेलका अनुसार हिजो आइतबार रातिदेखि नेपालको पश्चिमी भूभागबाट मौसम बदलिन सुरु भएको थियो । त्यो क्रम पूर्वतिर सर्ने क्रममा अहिले देशभर मौसम बदली भएको अवस्था छ ।

उहाँले देशका उच्च पहाडी भूभागमा हल्का हिमपात वर्षा भएको जानकारी दिनुभयो । यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हल्का वर्षा र हिमपात भारी छैन, हल्कादेखि मध्यम हिमपात छ । भोलि बिहानबाट सुदूरपश्चिम प्रदेशबाट सुधारको क्रम सुरु हुन्छ ।” उहाँले आज राति हुँदै भोलिदेखि मौसम सुधार हुने भए पनि बागमती, कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्यतया बदलीको अवस्था रहेको बताउनुभयो ।

उहाँले आज रातिसम्म केही स्थानहरूमा वर्षाको सम्भावना रहेको बताउनुभयो ।