• ११ मंसिर २०८१, मङ्गलबार

पोर्चुगल पठाउने भनी साढे सात लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौं, मंसिर १८ गते । पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर बारा निजगढ – ४ भई हाल तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने खड्काले राजु शाहीलाई पोर्चुगल जान ११ लाख रुपियाँ लाग्ने र त्यहाँको एक होटलमा वेटरको काममा मासिक एक लाख २० हजार रुपियाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

उनलाई सोमबार काठमाडौँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।