जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
नता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु
राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।
बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशको बहुवर्षीय आयोजनाहरूको ठेक्का सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
प्राथमिकता क्रम बमोजिम विधेयकको मस्यौदा पठाउन कानुन मन्त्रालयको आग्रह
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको प्राथमिकता क्रम निर्धारण गरी सङ्घीय संसदमा पेस गर्ने सम्बन्धमा यथाशिघ्र विधेयक मस्यौदा तयारी गरी पठाउन सबै मन्त्रालयमा आग्रह गरेको छ ।
संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । विसं. २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज (बुधबार) संवैधानिक इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न पाण्डे पक्राउ
नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई सात केजी सुनसहित पक्राउ गरेको छ ।
तरकारीको उचित मूल्य नपाउँदा कृषक चिन्तित
पछिल्लो समय तरकारीको मूल्य ओरालो लागेर लागत मूल्यसमेत नपाउने अवस्थामा पुगेपछि कृषकहरु चिन्तित बनेका छन् ।
अत्यधिक योजनाको माग छ : मन्त्री लामा
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले अत्यधिक विकासका योजनाको माग आएपछि बजेट विनियोजनमा समस्या भएको बताउनुभएको छ ।
भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम
भरतपुर महानगरपालिकाले समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । महानगरपालिका–२४ मा आज कार्यक्रमको उद्घाटन गरिएको हो ।
काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरू फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ ।
सरकारको ध्यान शासकीय प्रणाली सुधारमा केन्द्रित : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताउनुभयो ।
अवैध सुन कारोबारमा संलग्न पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।
वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौंः प्रधानमन्त्री
प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।
अवैध रूपमा ल्याइएको तेत्तीस बोरा चिनी बरामद
इलाका प्रहरी कार्यालय मङ्गलटारले अवैध रूपमा लुकाइछिपाई ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ ।।इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटेको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा संङखुवासभाको खादबारीबाट काठमाडौँ तर्फ आउँदै गरेको बा।प्र।०३(००१ख १९६६ नम्बरको बसमा अवैध रूपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।
चिनीको अभाव केही दिनमै समाधान हुने
बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरी चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।
प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
अलपत्र छ वज्रगुरु स्तूपा
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित स्तूपाडाँडामा निमार्णाधीन वज्रगुरु स्तूप १८ वर्षदेखि अलपत्र अवस्थामा छ । बजेट अभाव र स्थानीयबिचको विवादका कारण बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर वज्रगुरु स्तूप अलपत्र अवस्थामा रहेको हो ।
स्रोत नखुलेको रकमसहित पक्राउ
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
बूढानीलकण्ठ क्षेत्रमा लागु औषध विक्री गर्ने फार्मेसीमा सिलबन्दी
औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ ।
परराष्ट्र सचिवको पौडयालको अवकाश
परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ ।
हङकङमा बौद्ध शिक्षा अध्यापन गराउँदै केयु
धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्ना शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । सोही क्रममा केयुले हङकङमा चारवर्षे ‘ब्याचलर अफ बुद्धिस्ट स्टडिज’ (स्नातक तहमा चारवर्षे बौद्ध शिक्षा) कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
बाँझो जमिनमा बृहत् कृषि कार्यक्रम
दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा युबी एग्रो प्राइजर काठमाडौँले बृहत् कृषि कार्यक्रम गर्न लागेको छ ।
ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो ।