• १ जेठ २०८३, शुक्रबार

बूढानीलकण्ठ क्षेत्रमा लागु औषध विक्री गर्ने फार्मेसीमा सिलबन्दी

blog

काठमाडौँ, मङ्सिर २० गते । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैध रूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैध रूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई सिलबन्दी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैध रूपमा औषधि बिक्री  गर्ने लाइफ केयरमा सिलबन्दी गरिएको जानकारी दिनुभयो ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधि पनि बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सूर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताउनुभयो ।