धादिङमा दुई जनामाथि एसिड प्रहार
धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा एसिड प्रहारबाट दुई जना घाइते भएका छन् ।
द्रुत बस सेवा सञ्चालनका लागि अलग्गै लेन तयार
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रादेशिक संरचना सुदृढ नभएसम्म सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था बलियो हुन नसक्ने बताउनुभएको छ ।
वार्षिक १३ खर्बको विद्युत निर्यात गरे व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपियाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् ।
‘संविधानको सकारात्मक पक्षको रक्षा गर्दै अपूर्णता पूरा गर्नुपर्छ’ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई
नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित हुनुभएको थियो ।
१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध
औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।
सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन ।
बेवारिसे कुकुर व्यवस्थापनमा युवाको सराहनीय पहल
सडकका बेवारिसे कुकुरको व्यवस्थापनमा सायदै थोरैको ध्यान जाने गर्दछ । एकातिर बजारबाट कुकुर किनेर घरमा पाल्ने सौख बढ्दै गएको छ । तर, आकर्षण नभएका तथा बिरामी भए, मन नपरेमा कुकुरलाई सडकमा छाडिदिने विभिन्न घटना पनि छन् । सडकमै जन्मेका, हुर्केका बेवारिसे कतिपय कुकुर मान्छेको कुटाइ, पिटाइदेखि, एसिड छ्याप्ने, सडक दुर्घटनाको शिकार बनेका छन् ।
आजको मौसम : वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ ।
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”
थानापति महादेव मन्दिरमा २१ फिटको त्रिशूल
रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरामा रहेको थानापति महादेवको मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखिएको छ। रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल थानापति महादेव मन्दिरमा हरितालिका तिजका अवसरमा सोमबार तामाको त्रिशूल राखिएको हो।
धुलिखेल–सिन्धुली–बर्दीबास सडकको बजेट घट्यो
चालु आर्थिक वर्ष धुलिखेल–सिन्धुली बर्दीबास सडक (बिपी लोकमार्ग) आयोजनाको बजेट घटेको छ। अघिल्ला आर्थिक वर्षमा दिइरहेको बजेटमा कटौती गरी सङ्घीय सरकारले कम बजेट दिएको हो। बिपी लोकमार्गको रेखदेख तथा मर्मत सम्भार गर्दै आएको धुलिखेल–सिन्धुली बर्दीबास सडक आयोजनाको बजेट गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ९६ प्रतिशत कटौती भएको छ। आव २०७९/८० मा पुँजीगततर्फ ५८ करोड नौ लाख र चालुतर्फ एक करोड ८१ लाख गरी ५९ करोड ९० लाख रुपियाँ बजेट रहेको उक्त आयोजनामा चालु आवमा चालु र पुँजीगततर्फ गरी दुई करोड ५६ लाख रुपियाँ मात्रै विनियोजन भएको छ।
खाजा पसलमा लुकाएको लागूऔषध बरामद, एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषतसहित एक जनालाई पक्राउ गरेको छ।
साढे २३ लाख विदेशी मुद्रासहित एक जना पक्राउ
मकवानपुर प्रहरीले विदेशी मुद्रासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
टिपटपलाई दुई लाख जरिवाना : बिग्रिएको मिठाइ बेचेको उजुरी
काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएको दुधवरी बेच्ने टिपटप समोसा पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ।
दशैँ भित्र्याउन चथा : मनाउँदै नेवार समुदाय
आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान् र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउँदै छन् ।
नयाँ बस पार्कमा मनाइयो विश्वकर्मा पूजा
काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिएको छ ।
बिपी साहित्य महोत्सवको बाँकी कार्यक्रम संविधान दिवसको दिन हुने
नेपाली कांग्रेसले स्थगित गरेको बिपी साहित्य महोत्सव असोज ३ अर्थात् संविधान दिवसको दिन हुने भएको छ ।
शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गरिने : मन्त्री गुरुङ
शङ्करदेव क्याम्पस पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शङ्करदेव क्याम्पसलाई म्यानेजमेन्ट विश्वविद्यालयको रूपमा विकास गर्न आफूले सक्ने सहयोग गर्ने बताउनुभएको छ ।
तीनकुने हत्या प्रकरणः हत्या गरेको देखेपछि चारै जनाको हत्या
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताउनुभयो ।
दुई हजार किलो अवैध माछा नष्ट
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।
सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व: प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो सांस्कृतिक पक्षको मौलिक रूपमा संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउनुभएको छ ।
अर्थतन्त्रमा क्रमिक सुधार: अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार आइरहेको बताउनुभएको छ । आइतबार कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्व सङ्कलनमा अझै सुधार आइनसकेको भए पनि विप्रेषण आप्रवाह, पर्यटक आगमनमा वृद्धि आएको र आर्थिक गतिविधि पनि बढ्दै जान थालेको बताउनुभएको हो ।