पेस्तोल र गोलीसहित पक्राउ परेका तीन जना सार्वजनिक
मकवानपुर प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कार्यालय परिसरमा शनिबार हतियारसहित पक्राउ परेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वर्ष ३३ का निश्चल पौडेल, वर्ष ३५ को गणेश घले र वर्ष ३० को प्रितम क्षेत्रीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य
सरकारले यस आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा
शुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।
पुष्पलाल पार्कदेखि फाखेल जोड्ने सडक निर्माणको माग
कीर्तिपुरस्थित पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग भएको छ ।
मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने
नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउनुभएको छ ।
विद्यार्थीद्वारा गुरु अभिनन्दित
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नंं ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पुरुषोत्तमप्रसाद ढुङ्गानालाई अभिनन्दन गरिएको छ ।
किसानले पाएनन् दुधको २२ करोड भुक्तानी
जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्रीबापतको २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले दूधको मूल्य पाउन नसकेका हुन् ।
स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै
पछिल्लो समय सुदूरपश्चिममा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बिमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बिमा गराउने सङ्ख्या बढ्दै गएको हो ।
एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलायो
नेकपा (एकीकृत समाजवादी)ले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौँमा बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने छ ।
जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ : डा.कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताउनुभएको छ । चितवन-काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताउनुभयो ।
भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताउनुभएको छ ।
सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त : प्रधानमन्त्री प्रचण्ड
सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्तको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
जुगल फेदीको गुम्बा, क्याङसिङ, अम्बा खर्कमा बल्यो बिजुली
सिन्धुपाल्चोककै कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ को अति दुर्गम गाउँ गुम्बा, क्याङसिङ, अम्बा खर्कमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उक्त गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयमा हर्षको सीमा नै छैन ।
दुर्गम गाउँमा विद्युत् विस्तार
सिन्धुपाल्चोकका विकट बस्तीहरू जुगल गाउँपालिका–३ को गुम्बा, क्याङ्सिङ र अम्बाखर्कमा विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघु
सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्छ : पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसद्मा पठाउनुपर्ने बताउनुभएको छ ।
क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ।
कीर्तिपुरमा केबुलकार निर्माणको माग
कीर्तिपुर स्थिति पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माण तथा पुष्पलालदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणको माग राखिएको छ ।
महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।
रोकियो डिडिसीको भत्ता सुविधा
दुग्ध विकास संस्थान (डिडिसी) ले दुध किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसासले डिडिसीका कर्मचारी तथा सञ्चालक समितिले पाउने अतिरिक्त भत्ता र सुविधा रोक्नु भएको छ ।
ऐन संशोधन प्रक्रिया अगाडि बढेन
सङ्घीय व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन संशोधनको सुरु भएको तीन वर्षमा पनि प्रक्रिया अगाडि बढेको छैन । स्थानीय सरकारका जनप्रतिनिधि र विज्ञसँग व्यापक छलफल गरेर सङ्घीयतालाई थप बलियो बनाउने गरी तीन वर्षअगाडि ऐन संशोधनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको थियो ।
महिला विरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक (फोटो फिचर)
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला विरुद्धका हिंसा रोक्न सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।
महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला
समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ ।
जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताउनुभएको छ । गोरखा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले न्यायपालिकाले जनतामा अदालतप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।